राजेश पासवान ।फागुन १० गते।रौतहट ।
रौतहट को मौलापुरमा पत्रकार आचार संहिता सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको पश्चिमी भेगमा पर्ने मौलापुर नगरपालिका स्थित नगरपालिकाको सभाहलमा नेपाल पत्रकार महासंघ रौतहट शाखा को आयोजना तथा मौलापुर नगरपालिकाको सहयोगमा मंगलबार
सो अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा पत्रकारको आचार संहिता सम्बन्धि तथा पत्रकारले गर्नहुने कार्य र गर्न नहुने कार्यहरुको बारेमा प्रशिक्षक धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो।
त्यसैगरी सो कार्यक्रमको सभा अध्यक्ष्ता नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा ले गर्नुभएको थियो भने नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष तथा प्रमुख अथितिको रुपमा रहेको सो कार्यक्रमका प्रशिक्षक धर्मेन्द्र झा ले पानस बती बालेर सो कार्यक्रमको उदघाटन गर्नु भएको थियोे ।
उक्त अभिमुखिकर कार्यक्रमको बिशिस्ट अथितिको रुपमा मौलापुर नगरपालिकाका नि प्रमुख प्रसाशकिय अधिकृत रामबाबु साह रहेका थिए भने अथितिहरुमा नेपाल पत्रकार महासंघ मधेश प्रदेश कमिटीका सद्स्य शैलेन्द्र झा,राष्ट्रिय दलित पत्रकार संघ नेपालका अध्यक्ष राजेश पासवान(निर्माणी) रिपोर्टस क्लबका अध्यक्ष अभिमन्यु पटेलको समेतकाे उपस्थिति रहेको थियो र सबैजनाले पत्रकार र पत्रकारिता सम्बन्धि आ-आफ्नो मन्तव्य राखेका थिए।
कार्यक्रममा रौतहट जिल्ला भरीकै अधिकांस पत्रकार (संचारकर्मी) हरुको सहभागीता रहेकोे थियो ।