राजेश पासवान । रौतहट । फागुन १७ गते । रौतहटको देवाही गोनाही नगरपालिकाकाका नगर प्रमुख धमेन्द्र पटेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय टोलीले घुस लिएको अभियोगमा पक्राउ गरेको बिषयलाई लिएर देवाही गोनाही नगरपालिका वडा नम्बर –९ धरहरीका वडा अध्यक्ष राजेश साहले मंगलबार पत्रकार सम्मेलन गरेर नगर प्रमुख पटेल –लाई षड्यन्त्रपूर्ण तरिकाले फसाइएको बताएका छन ।
वडा नम्बर १ को वडा कार्यालय भवनको निर्माणमा वडा अध्यक्ष सित पाँच लाख घुस लिएको आरोपमा आइतबार दिउँसो मेयर पटेलको कार्यकक्ष बाटै २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेकसहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । तर, पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष साहले मेयर पटेल एकदमै ईमानदार व्यक्ति रहेको र नगरपालिकाको हरेक कामकाजलाई आफ्नो निजी कामकाज सरह गर्दै आएकोले र मेयर पटेलले गरेको हरेक कार्य सराहनीय रहेकोले विपक्षीले वडा अध्यक्ष नुरुल्लाह लाई चढाएर,वडा अध्यक्ष निरुल्लाहले आफ्नी छोरीको बिहे खर्चको लागि सापटी लिएको ७ लाख ५० हजार मध्येका बाँकी ५ लाख रकम वहाँले मागेपछी हुन्छ म १÷२ दिनमा दिहाल्छु भनेर षड्यन्त्र तरिकाले अख्तियार र प्रहरी सहित मेयर पटेलको कार्यकक्षमै गएर बाँकी ५ लाख मध्ये २ लाख ५० हजार नगद र २ लाख ५० हजारको चेक सहित पक्रन लगाएको भन्दै,घटना लाई सत्य तथ्य तथा निष्पक्ष छानबिन गरी षडयन्त्रकारीलाई कानुनी दायरामा ल्याउनको लागि सम्बन्धित निकायसित जोडदार माग समेत गर्नुभएको छ । त्यसैगरी सो पत्रकार सम्मेलनमा राजपाका मधेश प्रदेश सदस्य ईश्रि लाल यादवले वडा अध्यक्ष नुरुल्लाहले पारिवारिक लेन–देनको रकमलाइ घुस भनि मेयर पटेललाई फसाएर बदनाम गर्न खोजेको बताउनु भयो भने जनता समाजवादी नेपाल पार्टीका रौतहट जिल्ला देवाही गोनाही नगरपालिकाका नगरअध्यक्ष दिनेश यादवले नुरुल्लाह आफ्नै साथि भाई सम्झेर छोरीको बिहेको लागि दिएको रकमलाई घुस भनि फसाएको बताउनु भयो । त्यस्तै, समाजसेवी पुन प्रताप पटेलले वडा अध्यक्ष नुरुल्लाहले आफ्नी छोरीको बिहेमा लिएको रकमको बारेमा आफुलाई पनि थाहा रहेको र सो रकम मध्येको बाँकि ५ लाख रकम मेयर पटेलले वडा अध्यक्ष नुरुल्लाह संग पटकपटक मागेपछि,१÷२ दिनभित्रै आफुले दि हाल्ने भनेपछि सुनयोजित तरिकाले नगर प्रमुख पटेललाई पुर्वाग्रही रुपमा फसाएको आरोप समेत लगाउनु भएको छ । शेख नुरुल्लाह देवाही गोनाही नगरपालिका वडा नम्बर – ०१ का राजपाको तर्फबाट निर्वाचित भएको थियो , केहि दिन यता आएर नेकपा एमालेमा प्रवेश गरे लगतै उनले मेयर पटेललाई फसाउन षड्यन्त्र गरेको बताएका हुन् ।