राैशन कुमार चाैधरी । रौतहट ।
फाल्गुन १७ गते ।
कोइका अन्तराष्ट्रिय र युनेस्को द्वारा किशोरी तथा महिलाहरुको लागि वृहत यौनिकता शिक्षा तथा साक्षरता कक्षा कार्यक्रमका विविन्न गतिबिधिको अनुगमन सम्पन्न भएको हो । कोइका अन्तरराष्ट्रिय र युनेस्कोको सहयोगमा उक्त कार्यक्रमको अनुगमन रौतहट र सर्लाही सम्पन्न भएको हो । उक्त कार्यक्रमबाट रौतहटको राजदेवी नगरपालिकामा रहेको मा वि ब्रहुम्पुरीमा युनेफ्पिये दवार संचालनमा रहेको किशोर किशोरी मैत्री सूचना केन्द्र तथा विद्यालय सरसफाई कार्यक्रमको अनुगमन गरेको हो ,आधारभूत फतुवा महेशपुरमा निर्माण गरिएको पहुच्युक्त छात्रा शौचालय निरीक्षण तथा बिधालय र नगरपालिका संग अन्तरक्रिया र किशोरी साक्षरता सहभागीहरुसंग कार्यक्रामको बारेमा छलफल भएको। त्यस गरि सर्लाही जिलाको बलरा नगरपालिकामा रहेको काका सामुदायिक सिकाई केन्द्र र हरिवन नगरपालिकामा रहेको चतुर्भुजेश्वर सामुदायिक सिकाइ केन्द्रमा संचालित गतिबिधि र लालबन्दी नपामा संचालित एफ एलसी , विद्यालय सरसफाई कार्यक्रम र किशोर किशोरी मैत्री सूचना केन्द्रको प्रभावकारिताद्वारा छलफल गरिएको थियो । उक्त कार्यक्रममा कोइका अन्तरराष्ट्रियको तर्फबाट डेपुटी डाईरेक्टर योनहि चुङ्ग ,संयोजक बोर लि ,सुमित चित्रकार र मुल्यांकनकर्ता साहारा बस्नेत रहेको थियो भने युनेस्कोको तर्फबाट कार्यक्रम प्रबन्धक जोंग्वोंन उन र जिल्ला संयोजक दिपेन्द्र ठाकुर रहेको। राजदेवी नगरपालिका ,राजपुर नगरपालिका रौतहट र लालबन्दी नगरपालिका सर्लाहीमा समेत अनुगमन कार्यक्रम भएको रौतहट जिल्लाको संयोजक दिपेन्द्र ठाकुर जनाएको छ ।