राजेश पासवान। फागुन २० गते।
रौतहट/ रौतहटको मौलापुर नगरपालिका वडा नम्बर १ स्थित साह कन्ट्रक्सन द्धारा निर्मानाधिन सरस्वती मा.वि.मर्यादपुरको भवन निर्माण कार्यमा गुणस्तरहिन सामाग्रीको प्रयोग भएकै कारण काम पूरा नहुँदै भुई ढलान र दिवालहरु भत्किन थालेको देखिन्छ।
निर्माण गर्दा गुणस्तरिय सामाग्रीको प्रयोग नगर्नु, निर्माण व्यवसायीले लापरबाही गर्नु र अनुगमनकारीले पनि अनदेखा गर्नु गुणस्तरिय काम नहुनुको मुख्य कारण रहेको र कमसल साम्रगी प्रयोग गरि ठेकेदार कम्पनीले करोडौंको अनियमितता गर्न खोजेको स्थानियले आरोप लगाएका छन् ।
पुर्व।मन्त्री प्रभु,साह,मेयर रिना साह,हाकिम र ईन्जिनियर को मिलोमतोमा भवन निर्माणमा ठेकेदारले गुणस्तरिहन काम गरि रहेको सो वडाका वडा अध्यक्ष रामप्रवेश यादव ले जानकारी दिनुभयो।वडा अध्यक्ष यादवका अनुसार नगरपालिका भित्रका हरेक विकास निर्माणको कार्यमा सबै जनाले सेटिङ गरेर भ्रष्टाचारी गर्दै आएकोले सो भवनको निमार्णमा पनि भ्रष्टाचारी गर्न खोजेपछी आफुहरु काम को बिरोध नगरी भ्रष्टाचारको बिरोधमा मात्रै उभेकोले अबिलम्भ सो भवन निर्माण कार्यको ल्याब परिक्षण गराउन उहाँले सम्बन्धित निकायलाई ध्यानाकर्षण समेत गराउनुभयो।
त्यस्तै त्यहाँका स्थानीय भोला पाण्डेका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रति कठा ४ लाखको दरले जम्मा २२ कठा जग्गा खरिद भयो जसमा वडा अध्यक्ष रामप्रवेश यादवको अहम भुमिका रहेको थियो। त्यसपछि अर्को आर्थिक वर्ष २०७७/०७८ मा केन्द्र बाट आएको शसक्त बजेटले सो बिधालयमा दुई ओटा भवन निर्माण भइरहेको छ।जसमध्ये दक्षिण तर्फको भवन निर्माणको ठेका साहु कन्ट्रक्सन(नागेन्द्र साह)र उतर तर्फको भवन निर्माणको ठेका कमल कन्ट्रक्सन(कमल यादव)ले लिनुभयो। तर एउटै ग्राउन्डमा निर्मानाधीन दुइटै भवन मध्ये एउटा गुणस्तरहिन त अर्को गुणस्तरयुक्त काम भएको झल्किन्छ।
पाण्डेले वर्तमान समयमा कथित विकास प्रेमी नेता प्रभु साहको आडमा,मौलापुर नगरपालिकाकाको नगर प्रमुख रिना साह र नि.प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहको बिचको सेटिङ अनियमितता,भ्रष्टाचारी र आर्थिक गडबडी देखेर आफुहरु नगरपालिकाले गरिरहेको सम्पूर्ण कार्यको बहिस्कार गरिरहेको बताए।र बिपक्षीले आफुहरुलाई बिकास बिरोधि भनेपनि आफुहरु बिकास प्रेमी नै रहेको भन्दै गुणस्तर युक्त काम।गर्न वहाँले माग समेत गर्नुभयो ।
त्यसतै वडा नम्बर २ का वडा सदस्य उपेन्द्र मुखियाले,करिब २ करोड ५४ लाखको लागतमा निर्माण भइरहेको भवन,साह कन्ट्रक्सनले फुलरेटमा ठेका लिएपनी काम गुणस्तरहिन भइरहेकोले,निर्माणाधीन दुबै भवनको ल्याब परिक्षण गराएर मात्रै कामकाज अगाडि बढाउन आग्रह गर्दै गलती गरेको ठेकेदारलाई आवश्यक कार्वाही गर्न माग समेत गर्नुभयो ।
त्यसैगरी एकजना स्थानीय जयनाथ महतोले भोलीको दिनमा अगतिलो कामले भवन कमजोर हुँदै जाँदा समस्या र चुनौती यहाँकै जनताहरुले भुग्तनु पर्ने भएकोले यस बिषयमा सबै जना एकजुट भई गुणस्तरयुक्त काम गर्न को लागी माग गर्न जिल्ला प्रसशासनमा ज्ञापन पत्र समेत बुझाउने जानकारी दिनुभयो ।