श्री कृष्ण प्रणामी युवा परिषद नेपाल द्वारा रक्तदान कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ फागुन २०, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
श्री कृष्ण प्रणामी युवा परिषद नेपाल द्वारा रक्तदान कार्यक्रम सम्पन्न

राैशन चाैधरी ।
फाल्गुन २० गते । राैतहट

श्री कृष्ण प्रणामी युवा परिषद नेपालको ३१ औं वार्षिकोत्सबको उपलक्ष्यमा रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ नजरपुरमा रक्तदान कार्यक्रम बिहीबारकाे दिन सम्पन्न भएकाे छ ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ९ नजरपुर स्थित श्री कृष्ण प्रणामी मन्दिरक‍ो प्राङ्गणमा,श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्य समिति रौतहटको समन्वय तथा प्रारम्भिक समिति निजान्नदधाम नजरपुरको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ईच्छाएकाे १२५ जनाले ब्यक्ति रक्तदान गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गर्दै सोही वडाका वडा अध्यक्ष गोविन्द प्रसाद दुलालले रक्तदान जिवनदान भन्ने मान्यतालाई मनन गरेर समय-समयमा रक्तदान आग्रह गर्नुभयो ।

नेपाली समुदायका व्यक्तिहरुलाई आवश्यक परेको बेला सजिलैसंग रगत उपलब्ध गराउन तथा नेपाली समुदायको पहिचाहन गराउन कार्यक्रमको आयोजना गरिएको समेत उनले बताए।

उक्त कार्यक्रममा निजान्न्नदधामका आधिपति सन्त सुरेन्द्र महाराजको उपस्थिति तथा श्री कृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय उपमहासचिव श्री अनिल कोईरालको विशिष्ट अतिथियतामा सो कार्यक्रम सम्पन्न भएको हो भने कार्यक्रमको बारेमा जानकारी जिल्ला समितिको सचिव हरि देवकोटाले दिनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस