राजेश पासवान । रौतहट फागुन २१ गते ।
नेपाली कांग्रेस १४ औं महाधिवेशन रौतहट जिल्ला कार्यसमितिको निर्वाचन पुर्ण साेमवारका दिन हुने निर्वाचन अधिकृतले बताए ।
जितेन्द्र यादवको प्यानलका एकजना नेताका अनुसार,जुद्ध माध्यमिक बिधालय गौरको प्राङ्गणमा शनिबार ९ बजे देखि मतदान हुने भनिएको नेपाली काँग्रेस रौतहटको जिल्ला अधिबेशनमा मतदान गर्न,क्षेत्र नम्बर ३ को प्रतिनिधिहरुलाई मतदाता परिचय पत्र समयमा दिन नसकेको कारणले विवाद उत्पन हुँदा,निर्वाचन अर्को सुचना नआउन्जेल सम्मका लागि स्थगित गरिएको थियाे ।
तर प्राविधिक कारण देखाउँदै जिल्ला निर्वाचन अधिकृत दिपक राज रेग्मीले एक सूचना जारी गरिे आधिकारिक रूपमा आईतवारकाे दिन सम्म लागि स्थगित गरिएकाे हो। तर उक्त अधिवेशन फेरी पुनः यहीँ फाल्गुन २३ गते का दिन बिहान ८:०० बजे देखि हुने दुबै पक्षको सर्वसहमतिबाट निर्णय भएको छ । पत्रकारहरु संग कुरा गर्दै जिल्ला सभापतिका उम्मेदवार हृदयनारायण यादवले,सहि मतदाताको ठाउँमा फर्जी मतदाता राखेर मतदान गराउने जालझेल गर्न खोजेपछि निर्वाचन स्थगित भएको जानकारी दिनुभयो। उम्मेदवार यादवका अनुसार देउवा पक्षले विगतका दिन देखि जालझेल गरेरै चुनाव लड्दै आएकोले आजको अधिवेशनमा पनि आफुको पक्षमा रहेको जनमतलाई हेरेर जालझेल गरि निर्वाचन स्थगित गराएको बताउनु भयो।
सुनिल यादवको प्यानलबाट उपसभापति धिरेन्द्र कुमार सिंह र राम लोचन साह कलवार रहेका छन् भने हृदयनारायणको प्यानलमा उपसभापति महताब आलम, बिनोद गुप्ता रहेका छन् ।
काँग्रेसको जिल्ला सभापतिको निर्वाचनलाई लिएर काँग्रेस को नेता कार्यकर्ताहरू धेरै उत्साहित थिए । निर्वाचन स्थगन भएको खबर आए सँगै काँग्रेसको कार्यकर्ताहरूमा अन्यौलता छाएको छ।