गुजरा नगरपालिकाको प्रशासनिक भवनको उदघाटन कार्यक्रम सम्पन्न

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ फागुन २२, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
गुजरा नगरपालिकाको प्रशासनिक भवनको उदघाटन कार्यक्रम सम्पन्न

फाल्गुन २२ गते । राैतहट

राैतहट जिल्लाकाे गुजरा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । आइतबार गुजरा नगरपालिकाकाे भवानीपुरमा एक कार्यक्रम बिच मेयर सन्तलाल चौधरीले रिबन काटेर नगरपालिकाको भवनको उद्घाटन गर्नु भएको हो ।

करिब ३ करोड १६ लाखको लागतमा ६ हजार ५ सय स्क्वायर फिटको भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवालले जानकारी दिनुभयो ।
यसअघि भाडा तिरेर कार्यालय संचालन हुदा बार्षिक लाखौं रकम खर्च हुने गरेको थियो ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रौशन खातुन,समाजसेवी सेख बदरुदिन अंसारी,लेखापाल शैलेन्द्र श्रीवास्तव,पुनित राम ,नगरपालिकाका कर्मचारी र स्थानीय भद्र भलादमीको उपस्थिती रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस