राजेश पासवान । फागुन २२ गते।रौतहट ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा एकीकृत समाजवादी )ले रौतहटको वृन्दावन नगरपालिका वडा नंम्बर-२ धनगढी र बेनौली टोलमा वडा भेला सम्पन्न गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा एकीकृत समाजवादी)का मधेस प्रदेश कमिटी सदस्य तथा वृन्दावन का नगर प्रत्यासी बिनोद पटेलको अध्यक्षतामा भएको भेलाले आइतबार धनगढीमा ५१ सदस्यीय र बेनौलीमा ४१ सदस्यीय टोल कमिटी गठन गरिएको छ।
धनगढीको टोल कमिटीको अध्यक्षमा बिजुल पटेल रहेकाछन् भने उपाध्यक्षमा तुलसी पटेल र दिनेश पटेल थारु रहेका छन्।त्यसैगरी सचिवमा रोशन पटेल,गौरीशंकर पटेल र उपसचिवमा विरेन्द्र पटेल र सदस्यहरुमा जुगुल पटेल,विरेन्द्र पटेल,राजु पटेल,नरेश चौधरी,भिखर राउत,खोभारी राउत,चन्देश्वर पटेल,रामप्रसाद पटेल
,राभीदन महतो लगायत अन्य ३६ जना सदस्यहरु रहेकाछन्।
त्यस्तै बेनौलीको टोल कमिटीको अध्यक्षमा सुरेन्द्र पासवान रहेका छन् भने उपाध्यक्षमा रामसेवक पासवान र पनिलाल राम रहेका छन्।त्यसैगरी सचिवमा मक्खन पासवान,विश्वनाथ पासवान र उपसचिवमा लालबाबु साह र सदस्यहरुमा लक्ष्मी साह,मनोज साह,जयसी पासवान,जोगिन्द्र पासवान,रामइश्वर साह,रामुकार साह र रामकिशोर।साह लगायत अन्य २८ जना सदस्यहरु रहेकाछन्।
वडा भेलामा बोल्दै प्रदेश कमिटी सदस्य पटेलले नेकपा एमाले बिचार सिद्धांतबाट बिचलित भएर बा प्रवृत्तिबा सन्चालन भएका कारण एमालेवाट बिद्रोह भएको बताउनुभयो । उहाँले केपि ओलि नवउदारवाद राजाको संज्ञा दिनुभयो ।
केपि ओलिको अहमताका कारण कम्युनिस्ट पार्टीको दुई तिहाई बहुमत नजिकको सरकार गुमेको पनि धारण राख्नुभयो। प्रदेश कमिटी सदस्य पटेलले नेकपा एकीकृत समाजवादी पार्टी कुनै व्यक्तिको पार्टी नभई आम जनताको पार्टी भएको बताउनुभयो ।
उहाँले एकीकृत समाजवादी पार्टीले लिएको विचारमा एमालेका नेता कार्यकर्ता चाँडै आउने बिश्वास व्यक्त गर्नुभयो ।
नेता पटेलले आफ्नो नेतृत्वमा पार्टीको संगठन बनाउने क्रममा हिजो वृन्दावन नगरपालिकाको वडा नम्बर १ बलरिखोर, रमौली र खैराटाेल समेत टोल कमिटी गठन गरिसक्नु भएको छ भने बाँकी वडाहरुमा पनि क्रमशः गठन गर्ने बताउनु भयो।