कृष्ण तिवारी । फाल्गुन २३ गते । राैतहट
रौतहटमा प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित बुट क्याप प्रशिक्षण सुरु भएको छ । जिल्लाको चन्द्रपुरमा माण्डवी संस्था द्वारा बुट क्याम्पको आयोजना ४ दिने प्रशिक्षण सुरू भएको हो । स्थानीय चुनावको लक्षित गर्दै प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित (बुट क्याम्प )प्रशिक्षण सोमबार देखि चन्द्रनिगाहपुरको होटेल हिमालयनमा सुरु भएको छ ।
उक्त प्रशिक्षणमा स्विस विकास सहयोग एस.डि.सी, आइ एफ इ एसको सहयोग सुरु भएको माण्डवी संस्थामा कार्यरत रिंकु जयसवालले जानकारी दिईन् ।
सो प्रशिक्षन ४ दिनसम्म चल्ने र चन्द्रपुर नगरपालिकाको प्रत्येक वडाको २ जना महिलालाई सहभागी गराइ २० जना महिलाहरुको सहभागिता रहेको जयसवालले बताईन् । यस प्रशिक्षनले महिलाहरु स्थानीय तहमा कसरी प्रतिनिधित्व गर्न सकिन्छ भन्नेबारे आधारभूत कुरा सिकाइ रहेको प्रशिक्षक पुनम ठाकुरले बताईन् । समाजमा सेवा गर्न स्थानीय चुनावमामा भाग लिन इच्छुक भएका तर कहाँबाट सुरु गर्ने भन्ने अनभिज्ञता भएकालाई लक्षित गरेर यो क्याम्पनको आयोजना गरिएको माण्डवी संस्थामा कार्यरत रिंकु जयसवाल ले बताएकी छिन् । कार्यक्रममा माण्डवीबाट सुरेन्द्र यादव तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।