नेपाली कांग्रेस रौतहटको सभापतीमा सुनिल यादब विजयी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ फागुन २४, मंगलबार (३ साल अघि)
  • ५ पटक पढिएको
नेपाली कांग्रेस रौतहटको सभापतीमा सुनिल यादब विजयी

राैशन कुमार चाैधरी ।
फाल्गुन २४ गते । राैतहट

राैतहट जिल्लाकाे नेपाली कांग्रेसका सभापतीमा सुनिल यादब विजयी भएको छ । संस्थापन पक्षका यादवको करिब प्यानल नै पार्टीको १४ औं जिल्ला अधिवेशनबाट विजय प्राप्त गरेको हो । देउवा पक्षका यादवले जिल्ला सभापतिमा १ हजार ३ सय ६२ मत प्राप्त गर्दा कोइराला पक्षका हृदयनारायण यादवले एक हजार ६४ मत प्राप्त गरेका हुन् ।

नेपाली काँग्रेस रौतहटको सचिव पदमा रामचन्द्र गिरी बाहेक बाँकी सम्पूर्ण पदाधिकारीमा देउवा पक्षले विजय प्राप्त गरेको छ । यता उपसभापति पदमा संस्थापन पक्षका रामलोचनप्रसाद कललार र धीरेन्द्रप्रसाद सिंह निर्वाचित भएको नेपाली काँग्रेस जिल्ला निर्वाचन अधिकृत दीपकराज रेग्मीले दिएको जानकारी दिए ।

पार्टीको दुई सचिवमध्ये एकमा संस्थापन पक्षका राजेश कुमार चौधरी विजयी भएका छन् भने अर्कोमा कोइराला पक्षका गिरी विजयी भएको अधिकृत रेग्मीले बताए । दुई सहसचिवमा संस्थापन पक्षकै मोहम्मद फिरोज आलम र सिकेन्द्र पटेल विजयी भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस