राैशन चाैधरी । फागुन २६ गते । राैतहट ।
रौतहटमा प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित बुट क्याप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको चन्द्रपुरमा माण्डवी संस्था द्वारा बुट क्याम्पको आयोजना ४ दिने प्रशिक्षण सुरू गरेकाे थियाे । साे कार्यक्रम मा अन्तिम दिन चन्द्रपुर नगरपालिकाकाे नगर प्रमुख रामचन्द्र चाैधरीले समापन गर्नु भएकाे थियाे । मेयर चाैधरीले आफ्नो नगरभरिका महिलालाई अगामि निर्वाचनमा याे प्रशिक्षणले राम्रो प्रतिनिधि आउने बिश्वास गरेकाे हाे । कार्यक्रम ल्याएकाेमा माण्डवि संस्था लाई धन्यवाद दिनुभयाे । स्थानीय चुनावको लक्षित गर्दै प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित (बुट क्याम्प )प्रशिक्षण सोमबार देखि चन्द्रनिगाहपुरको होटेल हिमालयनमा सुरुभएकाे थियोे ।
उक्त प्रशिक्षणमा स्विस विकास सहयोग एस.डि.सी, आइ एफ इ एसको सहयोग सुरु भएको माण्डवी संस्थाका कार्यक्रम काेरडिनेटर रिंकु जयसवालले जानकारी दिईन् ।
सो प्रशिक्षण ४ दिन पछि बिहिवारका दिन सम्पन्न भएकाे हाे । साे प्रशिक्षणमा चन्द्रपुर नगरपालिकाको प्रत्येक वडाको २ जना महिलालाई सहभागी गराइ २० जना महिलाहरुको सहभागिता रहेको जयसवालले बताईन् । प्रशिक्षण द्वारा महिलाहरुलाई स्थानीय तहमा कसरी प्रतिनिधित्व गर्न सकिन्छ भन्नेबारे आधारभूत कुरा सिकाउने प्रशिक्षक पुनम ठाकुरले बताईन् । सहभागि रहेकाे अधिकान्स महिलाले वैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो मुल नारा महिला र पुरूष सम्मान दर्जाकाे अधिकार ,आजकाे हामि वडा सदस्य भाेलिका हामि राष्ट्रपति जस्ता हने अवधारणा राख्नु भयाे । समाजमा सेवा गर्न स्थानीय चुनावमामा भाग लिन इच्छुक भएका तर कहाँबाट सुरु गर्ने भन्ने अनभिज्ञता भएकालाई लक्षित गरेर यो क्याम्पनको आयोजना गरिएको माण्डवी संस्थाकाे व्यवस्थापक राैशन झाले बताए । साे कार्यक्रममा संस्थाकाे कर्मचारी सुरेन्द्र यादव तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।