राजेश पासवान। फागुन २९
रौतहट । नेकपा एकीकृत समाजवादी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम ऐतिहासिक रौतहट जिल्ला भेला वृन्दावनको श्री बतहु मा.वि.को प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ।
शनिबार रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित श्री बतहु मा.वि.को प्राङ्गणमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उक्त संगठनको अध्यक्षमा धर्मेन्द्र पटेल सिंहलाइ चुनिएको हो।
५१ सदस्यीय संगठनको उपाध्यक्षमा देवेन्द्र साह रहेका छन भने सचिवमा सफिन्द्र प्रसाद यादव र स.सचिवमा किरण मिश्र त्यसैगरी कोषाध्यक्षमा रामप्रवेश भन्ने प्रमेश पटेल लगायत जिल्लाको हरेक स्थानीय तहबाट एकजना पुरुष र एकजना महिला सदस्य रहनेगरी सो अधिवेशनबाट सदस्यहरु चयन भएका छन् ।
पुर्व प्रधानमन्त्री मन्त्री माधवकुमार नेपालको प्रमुख अथित्यता तथा वृन्दावन नगरपालिकाको नगर प्रत्यासी बिनोद पटेलको सभाअध्यक्ष्तामा सम्पन्न कार्यक्रमको बिशिस्ट अथितिको रुपमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ,स्थायी कमिटी सदस्य रामचन्द्र झा,संविधान सभा सदस्य तथा पोलिट ब्युरो सदस्य रामकुमार भट्टराई,पुर्व राज्य मन्त्री बन्शीधर मिश्र र अथितिहरुमा उधोग प्रयटन तथा वन राज्य मन्त्री नागेन्द्र यादव,प्रदेश सांसद हसिमा खातुनको विशेष आतिथ्यतामा संगठनको जिल्ला कमिटी विस्तार गरिएको हो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेको कुनै भविष्य नरहेको टिप्पणी गरेका छन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उखान टुक्का र हावादारी कुरा गर्ने बाहेक अरु केही गर्न नसक्ने भन्दै नेता नेपालले एमालेको अब कुनै औचित्य नै नरहेको बताए ।
केपी ओली गफाडी नम्बर एक रहेको बताउँदै नेता नेपालले ओली जस्ता गफाडीको पछाडि नलाग्न आग्रह गरे । गृह जिल्ला रौतहटको प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम ऐतिहासिक रौतहट जिल्ला भेला वृन्दावन नगरपालिकाको श्री बतहु माध्यमिक विधालयको प्राङ्गणमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग देश बनाउने कुनै भिजन नभएको, मुलुकको जनताको हित हुने गरी विकासको खाकाहरु तयार गर्ने कुनै आइडिया समेत नभएको जिकिर गरे ।
देश बनाउने कुनै भिजन र एजेण्डा नै नभएको पार्टी एमालेले कुनै पनि हालतमा देशलाई सुखी, समृद्ध र विकसित बनाउन नसक्ने दावी गर्दै नेता नेपालले अब नेकपा एकीकृत समाजवादी पार्टीले मात्र देशलाई निकास दिन सक्ने दावी गरे । पटक पटक संसद विघटन गरेर ओलीले लोकतन्त्र, गणतन्त्र र संघीयतालाई नै समाप्त पार्न खोजेको भन्दै पाँच दलीय गठबन्धनको सरकारले देश जोगाइदिएको उनले बताए ।
संघीयता, लोकतन्त्र र गणतन्त्र विरोधी ओलीले देश बनाउने नाममा जनतालाई ठग्ने काम मात्र गरेको उनले आरोप लगाए । अध्यक्ष नेपालले हत्यारा, भ्रष्टाचारी, लगायत प्रतिगमनकारी शक्तिहरुको जमातको रुपमा रहेको ओलीको कारण मुलुकको अवस्था दिनानुदिन दयनीय भएको बताए ।
नेता नेपाल आफ्नो गृह जिल्लाको वृन्दावन नगरपालिका -६ हर्साहा,दुर्गाभगवती गाउँपालिका-३ पिपरा मत्सरी र माधवनरायण नगरपालिका लगायत तीन ओटा पालिकामा एकैदिन सहभागी हुनुभएका थिए।