राैशन चाैधरी ।
फाल्गुन २९ गते ।
रौतहटमा प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित बुट क्याप प्रशिक्षण सुरु भएको छ । रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित श्री बतहु मा.वि.को प्राङ्गणमा माण्डवी संस्था द्वारा बुट क्याम्पको आयोजना ४ दिने प्रशिक्षण सुरू भएको हो । स्थानीय चुनावको लक्षित गर्दै प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित (बुट क्याम्प )प्रशिक्षण सोमबार देखि वृन्दावन नगरपालिकाकाे बतहु मा.वि हर्साहामा सुरु भएको छ ।
उक्त प्रशिक्षणमा स्विस विकास सहयोग एस.डि.सी, आइ एफ इ एसको सहयोग सुरु भएको माण्डवी संस्थाका अध्यक्ष अंजु झाले दिईन् ।
सो प्रशिक्षन ४ दिनसम्म चल्ने र वृन्दावन नगरपालिकाको प्रत्येक वडाको २ जना महिलालाई सहभागी गराइ १७ जना महिलाहरुको सहभागिता रहेको झाले बताईन् । यस प्रशिक्षनले महिलाहरु स्थानीय तहमा कसरी प्रतिनिधित्व गर्न सकिन्छ भन्नेबारे आधारभूत कुरा सिकाइ रहेको प्रशिक्षक पुनम ठाकुरले गराएकाे हाे । समाजमा सेवा गर्न स्थानीय चुनावमामा भाग लिन इच्छुक भएका तर कहाँबाट सुरु गर्ने भन्ने अनभिज्ञता भएकालाई लक्षित गरेर यो क्याम्पनको आयोजना गरिएको माण्डवी संस्थामा कार्यरत रिंकु जयसवाल ले बताएकी छिन् । कार्यक्रममा माण्डवीबाट सुरेन्द्र यादव लगाएतकाे उपस्थिति रहेको थियो ।