रमेश कुमार यादब
चैत ०३ ,रौतहट
रौतहटको बृन्दावनमा घरघर जाऔँ,काँग्रेस जिताऔँ अभियान कार्यक्रम सम्पन भएको छ ।नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णय अनुसार ७७ जिल्लामा घरघर जाउ, कांग्रेस जिताउ अभियान अन्तर्गत रौतहट जिल्लामा पनि अभियान कार्यक्रम बुधबार एक समारोहको बीच सम्पन भएको छ । बुधबार रौतहट जिल्लाको बृन्दवान नगरपालिकाको वार्ड नं.६ हर्षाहाको आमगाछीमा बृन्दावन नगरपालिकाको नगर प्रमुख तथा रौतहट जिल्लाको क्षेत्रिय सभापति राम स्नेहि राय यादबको अध्यक्षतामा घरघर जाऔँ काँग्रेस जिताऔँ अभियान कार्यक्रमको आयोजना गरिएको थियो ।
घरघर जाऔँ काग्रेस जिताऔँ अभियान कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय सदस्य तथा केन्द्रिय प्रतिनिधि कल्याण गुरुङ्ग रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि नेपाली काग्रेसका मधेश प्रदेशका सभापति कृष्णा यादब ,जिल्ला रौतहटका सभापति जितेन्द्र राय यादब ,रौतहट क्षेत्र नं.४ का संघिय साँसद माननिय देव प्रसाद तिमिल्सिना ,प्रदेश माननिय धनलाल ठोकर रहनु भएको थियो ।बुधबार आयोजना गरिएको कार्यक्रमको संम्बोधन गर्दै प्रमुख अतिथि गुरुङ्गले भने कि सुरु भएको अभियान कार्यक्रम ’हरेक काधमा भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने मूल नाराका साथ एक महिना सम्म चल्ने अभियानमा सबैलाई सहभागिता हून आग्रह गरेका थिए । सो अभियान आगामी चैत्र २९ गते सम्म जिल्लाका चार वटै क्षेत्र सहित प्रत्येक स्थानीय तहका वडा तहसम्म कांग्रेस जिताउँ अभियान सञ्चालन हुने नेता गुरुङ्गको भनाई रहेको थियो ।जिल्लामा सुरु भएको कार्यक्रम घरघर जाउ ,कांग्रेस जिताउ अभियान जिल्लाको सबै ठाउँमा सुरु भएको उहाँले बताएका थिए । नेता गुरुङले कांग्रेसका प्रत्येक उम्मेदवारलाई जिताउन सबै तहका पार्टीका सभापतिहरु एकजुट भएर कांग्रेस जिताउ अभियानमा लाग्नुपर्ने बताएका थिए् ।उद्घाटन कार्यक्रममा बोल्दै नेता गुरुङले कांग्रेसका प्रत्येक क्रियाशील सदस्यले आफ्नो घरमा चारतारे झण्डा र रुख चिन्ह अंकित झण्डा अनिवार्य राख्न सुझाएका छन् । उनले वर्तमान देउबा नेतृत्वको सरकारले गरेका जनपक्षिय कार्यक्रम तथा कार्यहरूको बारेमा व्यापक प्रचार प्रसार गरी सकारात्मक सन्देश प्रदान गर्न स्थानीय नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।कार्यक्रमका विशिष्ट अथिती समेत रहेका कांग्रेसका जिल्ला सभापति जितेन्द्र यादबले रौतहट जिल्लामा नेपाली कांग्रेस सबैभन्दा बलियो शक्ति रहेको र कोही कसैले कांग्रेसको जनलहरलाई रोक्न नसक्ने बताए ।
सभापति यादवले १४ औँ जिल्ला अधिवेशनमा निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।अबको कांग्रेसको मिसन भनेको रुख चुनाव चिन्ह बाट चुनावमा उम्मेदवार रहेका हरेक तह र तप्काका रुख चिन्ह वाहक उम्मेदवारलाई जिताउनु रहेको बताए ।त्यसतै कार्यक्रमको बिशिष्ट अतिथि क्षेत्र नं.४ का सांघिय सांसद माननिय देव प्रसाद तिमिल्सिनाले सम्बोधन गर्दै स्थानीय चुनाव नजिकिँदै जाँदा कांग्रेसले आफ्नो चुनावी कार्यक्रमलाई तिब्रता दिँदै देशभर कांग्रेसको पक्षमा जनमत जुटाउन लागेको अभियानमा सबैले साथ र सहयोग गर्नु आवश्यक रहेको हुँदा गुट उपगुट भन्ने वाक्यांश अधिवेशन पश्चात समाप्त भएको हुँदा संगठित कांग्रेस निर्माणमा हातेमालो गरेर अघि बढ्नु उचित हुने बताए ।पुर्वमन्त्रिको ईकित गदै देशलाई खाल्डो तर्फ धकेलेको आरोप लगाए ।देशको बिकास र देशको प्रगति उनन्ति नेपाली काग्रेसले नै गर्ने बताए ।घरघर जाऔँ ,काग्रेस जिताऔँ अभियान कार्यक्रमको अध्यक्षता गर्नु भएको बृन्दावन नगरपालिकाको नगर प्रमुख यादबले संम्बोधन गर्दै हाम्रो देश समाजमा धेरै मनमुटाव रहेको छ ।त्यो तितोमिठोलाई बिसारदै सबै एक जुटभई काग्रेसको अभियानलाई जिताउन आग्रह गरेका छन ।
उहाँले पुर्वप्रधानमन्त्रि केपि ओलीको ईकित गर्दै उहाँले मधेशी पहाडीको नारा लागाई मधेशलाई सधैँ अपहेलना गर्ने गरेको छ ।तर पनि नेपाली काग्रेस कहिले पनि पछाडी नपर्ने र सबैको भलो चाहने एक मात्र पाटी रहेको छ ।नेपालमा राष्ट्रको कल्यान गर्छ भने नेपाली काग्रेस ,लोकतन्त्रको कल्यान ,शान्तिसुरक्षाको ,सबैको समान रक्षा गर्छ भने एक मात्र पाटी नपाली काग्रेसले नै गर्ने दावी गरे ।उहाँले एमसिसिको बारेमा छोटकरी रुपमा भने नेपाली काँग्रेस एमसिसि अनुदान सहायाता सन्दर्भमा शुरुवात देखि नै स्पष्ट थियो ।बैदेशिक सहयाता अन्तर्गत यो अनुदान परियोजना नेपाल आफैँले छनोट गरेको हो र देशको पुर्वाधार बिकासका लागी आवश्यक छ ,यो अनुदान सहायाता नेपालको संबिधान ,कानुन ,परराष्ट्र निति ,आर्र्थिक कुटनितिक र राष्ट्रिय हित अनुकुल भएकोले यसको कार्यान्वयन भएको धारणमा सरकारमा हुँदा होस वा प्रतिपक्षमा रहँदा प्रष्ट रहेको थियो ।साथै नेपाली काग्रेसका केहि ब्यतिmहरु निति बिधान बिपरित गएको बताए ।नेपाली काग्रेसको टिकट पायो भने पाटीमा रहने न पाए भने पाटीको केहि छैन जस्ता सोच रहेको मानिस पाटीको नेता कहिले हुन सक्दैँन बताए ।समाजमा जुन किसिमबाट ब्यबहार गर्छौ त्यहि किसिमबाट जनता जनारधनले स्विकार गर्ने छ ।टिकट नपाए पछि पाटी बिपरित गएर अर्कोमा मतहाल्न लगाउने र फेरी चुनाव सकिएपछि पाटीमा फ्रकिने त्यस्ता पाटीको गद्धार ब्यतिm रहेको आरोप समेत लगाए ।
नगर प्रमुख यादबको आयोजनामा कार्यक्रमममा प्रमुख अथिति कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङ, विशिष्ठ अथिती रौतहट जिल्ला सभापति सुनिल कुमार यादव (जितेन्द्र) ,रौातहट क्षेत्र नं. ४ का संघिय सांसद माननिय देव प्रसाद तिमिल्सिना ,प्रदेश माननिय धनलाल ठोकर ,जिल्ला संयोजक हृदय नरायण यादब ,जिल्ला उपसभापति रामलोचन साह कलवार ,धिरेन्द्र सिँह ,मधेश प्रैदेशका सदस्य सुर्य बहादुर थापा ,गरुडा नगरपालिकाको नगर उपप्रमुख रंगिला देवी जैसवाल ,पुर्व जिल्ला उपसभापति आन्त कोईराला,क्षेत्रिय सभापति प्रत्याशी प्रेम शंकर राय यादब लगायत विभिन्न तह र तप्काका कांग्रेस नेता आतिथ्यता रहेको कार्यक्रममा हजारौं कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको थियो ।