पत्रकार पासवान माथि भएको दुर्ववहार प्रति संघको ध्यानाकर्षण,दोषीमाथि कार्वाहीको माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र ८, मंगलबार (३ साल अघि)
  • ७ पटक पढिएको
पत्रकार पासवान माथि भएको दुर्ववहार प्रति संघको ध्यानाकर्षण,दोषीमाथि कार्वाहीको माग

राजेश पासवान । चैत ८ गते । राैतहट

रौतहट । राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहट शाखाका अध्यक्ष तथा क्रियाशील पत्रकार राजेश पासवान(निर्माणी)माथि दुर्ववहार भएको छ।

मंगलबार बिहानै संघले एउटा विज्ञप्ति जारी गर्दै,मिति २०७८ चैत २ गते वुधवारका दिन रौतहटको समनपुरमा रहेको श्रेष्ठ होटेलमा खाजा खादैगरेको आफ्नो साथी, रौशन चौधरी संग एउटा चेक लिन जादा उक्त होटेलमा पत्रकार अशोक पहाडी,राकेश यादव र रमेश तिमिल्सिना मध्ये दुई जना पहाडी र यादवले रक्सीको नसामा मातिएर बिना गलती र बिना कारण एक्कासी गाली गलौज तथा अभद्र व्यवहार गरेकाेमा राष्ट्रिय दलित पत्रकार संघ रौतहटले सो विज्ञप्ति मार्फत आपत्ती जनाएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहट शाखाका अध्यक्ष, वर्तमानकाल दैनिकका स. सम्पादक,दलित आवाज दैनिकका संचालक तथा सामाजवादी प्रेस संगठनका स.सचिव समेत रहेका पत्रकार पासवान विगत एक दशक देखि यस क्षेत्रमा काम गर्दै आइरहेको छ।

२०६६ साल देखि रेडियोमा काम गर्दै संचार क्षेत्रमा लागेका पासवान आफ्नो व्यक्तिगत (शारीरिक) समस्याका कारण यस पेसालाई करिब २ वर्ष विराम दिएका थिए। र शारीरिक अवस्था पुनः सुधार भए पश्चात् करिब ३ सालदेखि फेरि क्रियाशिल रुपमा काम गरिरहेको छ।

करिब ७ महिना देखि पत्रकार पहाडी आफू पछि लागिपरेको बताउदै पहाडीले संविधानले लाेकतन्त्रमा प्रत्याभूत गरेकाे प्रेस स्वतन्त्रतालाई खिल्लि उडाएकाेले सो कार्यको घोर भर्त्सना गर्दै, घटनाको सत्य तथ्य छानबिन गरि दोषी उपर कडा कारवाहीको लागी संघले सम्बन्धित निकाय पासवानले जोडदार माग गरेका छन।

साथै सम्बन्धित निकायले पनि ध्यानाकर्षण न गरे उक्त कार्यको विरोधमा संघले देश व्यापीरुपमा कडा आन्दोलन समेत गर्ने सोही विज्ञप्ति मार्फत चेतावनी दिएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस