गरुडा नगरपालिकाको उपमेयरमा राजकुमार दासको पत्नीकाे उम्मेदवारी दिने घाेषणा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र ९, बुधबार (३ साल अघि)
  • ५ पटक पढिएको
गरुडा नगरपालिकाको उपमेयरमा राजकुमार दासको पत्नीकाे   उम्मेदवारी दिने घाेषणा


ओम प्रकाश यादव
चैत्र ९ गते, रौतहट ।
रौतहटको गरुडा नगरपालिकाको उपमेयरमा जनता समाजवादी पार्टीको तर्फबाट रञ्जु कुमारी दास उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

जनता समाजवादी पार्टी नेपालको तर्फबाट आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको उपमेयरमा दलित समुदायबाट प्रतिनिधित्व गर्ने जसपा नेता राजकुमार दासको श्रीमती रञ्जु दासले उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

जसपाको शीर्ष नेताहरु नै युवा नेता दासको पत्नी अन्जु दासलाई गरुडा नगरपालिकाको उपप्रमुख को टिकट दिन लागेको विशेष स्रोतको दाबी छ।

जनता समाजवादी पार्टीका मधेश प्रदेश सदस्य एवं दलित विकास समितिका मधेश सदस्य समेत रहेका नेता राजकुमार दास दलित समुदायबाट सबभन्दा मजबूत र बलियो रहेकोले पार्टीले दासको पत्नी रञ्जुलाई उपप्रमुखको टिकट दिन लागेको छ।

नेता दासको राम्रो पकड़ भएको तथा उनीसँग ठूलो जनमत समेत रहेकाे स्थानीयले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस