राैशन चाैधरी । चैत्र ११ गते ।
रौतहटकाे गरूडामा प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित बुट क्याप प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको मध्य भाग गरूडामा माण्डवी संस्था द्वारा बुट क्याम्पको आयोजना ४ दिने प्रशिक्षण मंगलवारकम दिन देखी आशिर्वाद गेष्ट हाउसमा सुरू गरेकाे थियाे । साे कार्यक्रम शुक्रबारका दिन समापन गरिएकाे हाे । प्रशिक्षक पुनम झाले याे प्रशिक्षणले अगामि निर्वाचनमा महिलालाई याे प्रशिक्षणले राम्रो प्रतिनिधि आउने बिश्वास गरेकाे छ । महिला सदस्यहरूले याे कार्यक्रम ल्याएकाेमा माण्डवि संस्था लाई धन्यवाद दिनुभएकाे थियाे । स्थानीय चुनावको लक्षित गर्दै प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित (बुट क्याम्प )प्रशिक्षण मंगलबार देखि गरूडाको आशिर्वाद गेष्ट हाउसमा सुरुभएकाे थियोे ।
उक्त प्रशिक्षणमा स्विस विकास सहयोग एस.डि.सी, आइ एफ इ एसको सहयोग सुरु भएको माण्डवी संस्थाका काेरडिनेटर रिंकु जयसवालले जानकारी दिईन् ।
सो प्रशिक्षन ४ दिन पछि बिहिवारका दिन सम्पन्न भएकाे छ । साे प्रशिक्षणमा गरूडा नगरपालिकाको प्रत्येक वडाको २ जना महिलालाई सहभागी गराइ १६ जना महिलाहरुको सहभागिता रहेको जयसवालले बताईन् । यस प्रशिक्षणले महिलाहरुलाई स्थानीय तहमा कसरी प्रतिनिधित्व गर्न सकिन्छ भन्नेबारे आधारभूत कुरा सिकाइ रहेको प्रशिक्षक पुनम ठाकुरले बताईन् । सहभागि रहेकाे अधिकान्स महिलाले वैशाख ३० गते हुने स्थानीय चुनावमा आफ्नो मुल नारा महिला र पुरूष सम्मान दर्जाकाे अधिकार ,आजकाे हामि वडा सदस्य भाेलिका हामि राष्ट्रपति जस्ता हने अवधारणा राख्नु भयाे । समाजमा सेवा गर्न स्थानीय चुनावमामा भाग लिन इच्छुक भएका तर कहाँबाट सुरु गर्ने भन्ने अनभिज्ञता भएकालाई लक्षित गरेर यो क्याम्पको आयोजना गरिएको माण्डवी संस्थाकाे कार्यक्रम अधिकृत रिंकु जयसवालले बताईन । साे कार्यक्रममा संस्थाकाे कर्मचारी सुरेन्द्र यादव तथा संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।