रमेश कुमार यादब
चैत ११ ,रौतहट
रौतहटमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ ।गएराति करिब १ बजे जिल्लाको चन्द्रपुर नगरपालिकाको वडा नं.२ चाँदी पुल नजिकै ठक्कर दिएको थियो । पूर्व पश्चिम राजमार्गमा नाम, थर, वतन नखुलेको पैदल यात्री अंन्दाजी ६० बर्षको पुरुष व्यक्तिलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिई घाईते बनाईएको थियो । नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको घाईतेलाई घटनास्थलबाट उठाई उपचारको लागि चन्द्रनिगाहपुर स्थित चन्द्रपुर अस्पताल प्रा.लि.मा उपचारको लागी ल्याईएको थियो । सो अस्पतालमा उपचार सम्भव नभई र घाईतेको अवस्था गम्भिर रहेकोले चिकित्सकले रिफर गरि दिएको थियो । घाईतेलाई थप उपचारको लागि प्रहरी कर्मचारीको जिम्मा लगाई एम्वुलेन्सद्धारा बिरगंज तर्फ लैजाने क्रममा निज घाईतेको अंन्दाजी ३ बजेको समयमा बारा जिल्लाको निजगढमा मृत्यु भएको थियो । निज मृतकको हाल सम्म सनाखत हुन नसकेकोले मृतकलाई चिन्नु हुने व्यक्ति तथा आफन्तहरुले यथासिघ्र जिल्ला प्रहरी कार्यलय चन्द्रनिगाहपुरको कार्यलयमा सम्पर्क गर्नको लागी सोहि ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक अरविन्द साहले सबैमा हार्दिक अनुरोध गरेका छन । ठक्कर दिई फरार भएको नम्बर नखुलेको सवारी साधन र चालकको खोज तलास भईरहेको डिएसपि लिला लामिछाने बताए ।रौतहटमा सवारीसाधन लापरवाहि चलाउदा दुर्घटना हुनेको क्रम बढदै गएको छ ।साथै ट्राफिक प्रहरीको फितलो चेकजाँचको कारण सवारी चलाउने चाालकहरुको लापरवाहि अत्याधिक बढदै गईरहेको जानकारहरुले बताउदैँ आईरहेको छ ।