बैकिङ कसुर मुद्दामा वडा अध्यक्ष जैसवाललाई प्रहरी गरे पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र ११, शुक्रबार (३ साल अघि)
  • ५ पटक पढिएको
बैकिङ कसुर मुद्दामा वडा अध्यक्ष जैसवाललाई प्रहरी गरे पक्राउ


अमरेस कुमार पाण्डेय
बारा, ११ चैत्र /

बारा जिल्लाकाे कलैया उप—महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्षलाई बैकिङ कसुर मुद्दामा बारा प्रहरीले पक्राउ गरेको छ । नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैश्वाललाई बैकिङ कसुर मुद्दामा बारा प्रहरीले पक्राउ गरेको हो ।
कलैया उप—महानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद जैश्वाललाई ओम पाण्डेको ८ लाख, अर्को एक जनाको बालुवा गिटीको १० लाख र सभामुख सरोज यादव संग पेश्की लिएर काम नगरेको लगायतका बैकिङ कसुर मुद्दामा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवाका अनुसार बैकिङ कसुरमा पक्राउ गरिएको बताउदै छानबिन भइरहेको बारे बताउनु भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस