प्रदेशले घोषणा गर्‍यो पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र १२, शनिबार (३ साल अघि)
  • ६ पटक पढिएको
प्रदेशले घोषणा गर्‍यो पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र

११ चैत, काठमाडौं । मधेश प्रदेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको छ । शुक्रबार प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक समेत ठोरीमा बसेको थियो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले ठोरीलाई १० करोड रुपैयाँको प्याकेजसहित पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रदेश अर्थमन्त्री तथा सरकारका प्रवक्ता सैलेन्द्र साहले जानकारी दिए । मन्त्री साहका अनुसार पर्यटकीय क्षेत्र र प्याकेजको घोषणा भएसँगै अब यस क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणका कामले गति लिने अपेक्षा गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस