राैशन चाैधरी
चैत १६ गते ,रौतहट
रौतहट जिल्लाको गढीमाई नगरपालिका वडा नम्बर ३ गमहरिया पर्सा स्थित रहेकाे स्वास्थ्य चाैकीकाे सभा हलमा माण्डवी संस्थाकाे आयोजना ४ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । स्थानीय चुनावको लक्षित गर्दै प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित (बुट क्याम्प )प्रशिक्षण आईतवार देखि वुधवारका दिन सम्पन्न भएकाे छ ।
गढीमाई नगरपालिकाकाे स्वस्थ्य चाैकीकाे हलमा महिला स्थानीय जनप्रतिनिधिकाे सहभागिता रहेकाे थियाे ।
निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको बुधबारका दिन समापन भएको छ । प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित कार्यक्रमको आयोजना माण्डबी संस्थाले गरेको थियो । कार्यक्रमको आर्थिक सहयोग स्वीस सरकार बिकास सहयोग एसडीसिले गरेको थियो भने ईन्टरनेशनल फाउन्डेसन फोर ईलेक्ट्रोलर सिस्टमको प्राबिधिक सहयोग रहेको थियो ।स्थानिय तहमा महिला उपमेयरहरुलाई बिभिन्न किसिमबाट स्थानिय तहमा मेयरहरुले असहयोग दिदैँ आईरहेको छ । सोहि अपहेलान तथा महिलाहरुलाई हुने अधिकारहरुबाट पनि बन्चित गराउदैँ आईरहेको देखिएको छ । महिलाहरुलाई ३३ प्रतिशत अधिकार हुृँदा हुँदै पनि महिलाहरुलाई बिभिन्न बहाना बाजि गरेर दबाई महिला जनप्रतिनिधिकाे आराेप रहेकाे छ ।माण्डबी संस्थाले ल्याएको कार्यक्रमले महिलाहरुमा उत्साह जोस जागर र आउदो बैशाख ३० गते हुने स्थानिय चुनावको उम्मेदवारमा महिला पनि वाडाअध्यक्ष ,मेयर जस्तो पदमा लडने सक्षम हुने कार्यक्रमबाट प्रशिक्षण दिएको थियो । ४ दिने प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको प्रशिक्षण पुनम ठाकुरले दिनु भएको थियो । सो प्राशिक्षण कार्यक्रममा स्थानिय गढिमाई नगरपालिकाको १६ जना महिला वाडा सदस्य लगायत अन्य महिलाहरुको उपस्थिती रहेको थियो । ४ दिन सम्म चलेको कार्यक्रममा सिकेको कुराहरुको बारेमा सहभागीहरूले कार्यक्रम समापनका दिन आफ्नो मन्तब्य राखेको थिए ।महिलाहरूले मन्तब्य राखेको क्रममा समाजमा भनिन्छ कि महिलाले मात्र घरको काम गर्न ,खाना बनाउने ,कपडा धुने काम हो भनेर महिलाई घरमा नै दबाएर राखिएको छ ।तर जति कार्य पुरुषले गर्न सकिन्छ त्यो भन्दा बढी काम महिलाले गर्न सकिन्छ उहाँले आफ्नो तर्क दिएको थियो ।अब हामि जस्तो महिलाले घरमा नबसेर आफ्नो हकअधिकारको लागी लडने कदापि पछाडी पर्दैनौ बताएका थिए ।आउदो चुनावमा हामि महिला मेयर ,वडाअध्यक्षमा लडेर देखाउने चुनौति पनि दिएका थिए । आउदो चुनावमा कसरी लडने कुन तरिकाबाट मतदातासंग भोट माग्ने ,भोट माग्न जाने ब्यक्तिलाई कसरी ब्यवस्ता गर्ने भनी बारेमा नाटक पनि गरि गरिएको थियो ।त्यसतै माण्डबी संस्थाले ल्याएको प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम र प्रशिक्षकहरुलाई धन्यबाद दिएका थिए ।उनीहरुले यो भने कि यस्ता कार्यक्रम हाम्रो समाज ल्याई पछाडी परेका दलित र क्षमता भएका महिलाहरुलाई घरका पुरुषले दबाई राखेको कुराहरुबाट छुटकारा दिलाउन यस्ता कार्यक्रमबाट प्रशिक्षण दिई अगाडी बढाई दिन माण्डबी संस्थाका पदाअधिकारीहरुलाई आग्रह पनि गरेका थिए ।समाप्न कार्यक्रममा सहभागि भएका १६ जना महिलाहरुलाई कार्यक्रमको प्रशिक्षण पुनम ठाकुरले आउदो चुनावमा मेयर ,उपमेयर ,वडाअध्यक्षमा लडन प्रेरणा साथै हौसला दिएका थिए । साथै ४ दिने प्रशिक्षण कार्यक्रममा अनुगमन र मुल्याङ्गकन अधिकृत रिँकु चौधरी, समाजिक परिचालक सुरेन्द्र यादव ,रोशन झा लगायतको उपस्थिति रहेको थियो ।