रमेश कुमार यादब
चैत १७ ,रोतहट
रौतहट जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने बौधिमाई नगरपालिकाको वडा नम्बर ७ बंकुल स्थित रहेको वार्ड कार्यलयको सभा हलमा माण्डवी संस्थाले आयोजना गरेको ४ दिने प्रशिक्षण कार्यक्रम बिहिबार देखि सुरु भएको छ । स्थानीय चुनावको लक्षित गर्दै प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण बिहिबार देखि ४ दिन सम्म चल्ने आयोजकले जनाएको छ ।सोहि सभा हलमा आयोजान गरिउको महिला वडा सदस्यहरको सहभागिता रहेको थियो । निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको बिहिबारका दिन देखि प्रशिक्षण कार्यक्रम सुरु भएको छ । प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित कार्यक्रमको आयोजना माण्डबी संस्थाले गरेको हो । कार्यक्रमको आर्थिक सहयोग स्वीस सरकार बिकास सहयोग एसडीसिले गरेको थियो भने ईन्टरनेशनल फाउन्डेसन फोर ईलेक्ट्रोलर सिस्टमको प्राबिधिक सहयोग रहेको थियो ।स्थानिय तहमा महिला उपमेयरहरुलाई बिभिन्न किसिमबाट स्थानिय तहमा मेयरहरुले असहयोग गर्दै आईरहेको छ । सोहि अपहेलान तथा महिलाहरुलाई हुने अधिकारहरुबाट पनि बन्चित गराउदैँ आईरहेको देखिएको छ । महिलाहरुलाई ३३ प्रतिशत अधिकार हुृँदा हुँदै पनि महिलाहरुलाई बिभिन्न बहाना बाजि गरेर दबाई रहेको हुँदा महिला जनप्रतिनिधिहरुलाई लडनको लागी यो प्रशिक्षणको आयोजना गरिएको छ । माण्डबी संस्थाले ल्याएको कार्यक्रमले महिलाहरुमा उत्साह जोस जागर र आउदो बैशाख ३० गते हुने स्थानिय चुनावको उम्मेदवारमा महिला पनि वाडाअध्यक्ष ,मेयर जस्तो पदमा लडने सक्षम हुने कार्यक्रमबाट प्रशिक्षण दिने कार्यक्रमको प्रशिक्षण पुनम ठाकुरले जानकारी दिनु भयो ।सो प्रशिक्षण कार्यक्रममा सोहि स्थानिय तहका १६ जना महिला वार्ड सदस्य जनप्रतिनिधिहरुको सहभागीता रहेको थियो । प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमका प्रशिक्षण पुनम ठाकुर ,प्रमोद यादबले सहभागी महिला सदस्यहरुको प्रशिक्षण दिई रहेका कार्यक्रमका अनुगमन र मुल्याङ्गकन अधिकृत रिँकु चौधरीले बताईन ।