सागर संगम ठाकुर रौतहट ।
चैत १७ गते
रौतहटको फतुआ बिजयपुर नगरपालिकामा नेकपा एकीकृत समाजबादी पार्टीको नगर स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन भएकाे छ ।नगर कमिट अध्यक्ष भुवन रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बाेधन गरिदै प्रमुख अथिती पार्टीका स्थाई कमिटी सदस्य तथा बंगलादेशका लागि पुर्व राजदुत बन्सीधर मिश्रले देशमा रहेकाे बिकराल अवस्थालाई अन्तय गर्न युवाहरूलाई राेजगारी दिन र समाजबादकाे लक्ष्य पूरा गर्न अब एकीकृत समाजबादी पार्टीलाई नै राेजने मौका आएकाे बताउदै जनतालाई सचेत भएर मतदान गर्न सबै संग आग्रह गर्नु भयाे ।मिश्रले देशमा ठुलाे संर्घष पछि प्राप्त गरेकाे संघिय लाेकतान्त्रीक गणतन्त्र समाप्त पार्नकाे लागि केपी शर्मा ओली नेतृत्वको सरकारले चालेकाे असबैधानिक कदमलाई राेक पार्टी भित्र रहेर बिद्रोह गर्न खाेज्दा ओलीले पार्टी नै बिभाजन गराएकाे आराेप समेत लगाउनु भयाे ।
त्यस्तै कार्यक्रममा बाल्दै बिशिस्ट अथिती एकीकृत समाजबादी पार्टीका निर्वाचन बिभाग प्रमुख तथा पुर्व सांसद राम कुमार भट्टराईले केपी शर्मा ओली नेतृत्वको सरकारकाे बेला देशमा भ्रष्टाचार अपराधी लगाएतका क्रियाकलाप बढन थाले पछि , पछि आएर आफुहरुलाई कम्युनिस्ट भन्न समेत लाज लागिरहेकाे थियो । ओलीले नेकपा एमालेे पार्टीलाई आफ्नो कम्पनीकाे रुपमा एकल निर्णय गर्न थालेपछि आफुहरु बाध्य भएर पार्टी छाडेर नयाँ पार्टी गठन गर्नु परेकाे बताउनु भयाे । वहाँले देशमा कम्युनिस्टकाे नाममा एमाले पार्टीलाई केपी शर्मा ओलीले कमाउ खाने भाडाेकाे रुपमा बनाउन थाले पछि देशमा नयाँ कम्युनिस्ट पार्टी गठन गर्नुे अवस्था आएकाे र पछि आएर समाननिय पुर्व प्रधानमन्त्री माधव नेपालकाे नेतृत्वमा नेकपा एकीकृत समाजबादी पार्टी गठन गर्नु परेकाे बताउनु भयाे ।त्यस्तै अर्का बिशिस्ट अथिती पार्टीका नेता तथा मधेश प्रदेश सरकारका उधाेग पर्यटन वन तथा वातावरण राज्य मन्त्री नागेन्द्र यादवले २०७४ सालकाे निर्वाचनमा देशमा दुई कम्युनिस्टपार्टी बिचकाे बामगठबन्धनलाई जनताहरुले दुई तिहाइकाे बहुमत दिएकाे बताएका थिए ।झण्डै दुई तिहाइकाे बहुमत हुदा हुदै केपी शर्मा ओली नेतृत्वको सरकारले सांसद बिघटन गरि पार्टी बिभाज गराएर देशलाई दुर्घटना तर्फ धकेल्न खाेज्दा पार्टीका पुर्व प्रधानमन्त्री क.माधव कुमार नेपालाकाे नेतृत्वमा केही साथीहरूले बिद्रोह गररेर नयाँ पार्टी गठन गर्नु परेेेकाे बताउनु भयाे । केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा सांसद बिघटन गरि सघियता समाप्त पार्न खाेज्दा पार्टीका केन्द्रीय अध्यक्ष एव पुर्व प्रधानमन्त्री क.माधव नेपालीकाे नेतृत्वमा नया पार्टी गठन गरि पाँच दलिय गठबन्धनकाे नेतृत्वमा बनेकाे सरकारमा सहभागीभई देशलाई दुर्घटना हुनबाट बचाएकाे बताउनु भयाे । देशमा तीन तहकाे सरकार आए पनि ओली नेतृत्वको सरकारले गर्दा यहाका जनताहरु सेवा सुबिधा लिनबाट बन्चित भएको थियाे । मन्त्री यादवले देशमा संघिय लाेकतन्त्र गणतन्त्र आए पनि गरिबका छाेरा छाेरीले अवसर प्राप्त गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेकाे बताउनु भयाे ।
चुनावलाई लक्षित गर्दै यादवले अहिले आएर माओबादी पार्टीमा सहिद भएका परिवारले टिकट पाउनुकाे सट्टामा पुजीपतिबादीले पैसाको भरमा टिकट खरिद गरेर चुनाव लडन खाेजिरहेकाे बताउदै अमिर र गरिब बिचकाे भिन्नता कायमै रहेकाे बताए । साथै वहाँले यही बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा कुनै पार्टी संग गठबन्धन नगर्न पार्टीलाई आग्रह गर्नु भयाे ।कार्यक्रममा अथितीहरुमा पुर्व जिल्ला समन्वय समितका अध्यक्ष राेजिदिन आलम, जिल्ला अध्यक्ष कमल यादव,बाबुराम दहाल,नगर कमिटीका सदस्यहरु लगाएत पार्टीका नेता कार्यकर्ताहरुकाे विशेष उपस्थितमा कार्यक्रम संम्पन भएकाे थियो ।