रमेश कुमार यादब
चैत १७ । रौतहट
रौतहटका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन पाएका छैनन् । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले लिन पाएका छैनन् । राहत अनुदान स्वरुप जिल्लामा सात करोड प्राप्त भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।धानबालीमा पुगेको क्षतिबापत संघीय सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत किसानलाई राहत अनुदान वितरण गर्ने भनिएको थियो । यसका लागि हामीले सूचनासमेत जारी गरेका थियो ।” तर राहत अनुदान लिनका लागि हालसम्म किसानको निवेदन नआएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर साहिले जानकारी दिए । उनले भने, “राहत अनुदान रकमका लागि निवेदन दिन भनेका थियो ।तर हालसम्म अधिकास स्थानिय तहले किसानहरुको तथ्याङ्ग अहिले सम्म पठाएको छैनन्, धान भित्र्याउने बेलामा आएको वर्षाले जिल्लाका सबै स्थानीय तहमा गरी धेरै किसानको धानबालीमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको थियो ।यसैबीच धानबालीमा क्षति पुगेका किसानलाई राहतका लागि निवेदन दिन जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह पनि गरेको थियो । संघीय सरकारले धानबालीमा क्षति पुगेका किसानलाई राहत दिनका लागि रकम पठाइसकेकाले निवेदन दिन आग्रह गरिएको थियो । ‘धानबालीमा क्षति पुगेका किसानलाई राहत उपलब्ध गराउने कार्यविधि–२०७८’अनुसार पीडित किसानलाई राहत उपलब्ध गराइने भएकाले निवेदन दिन आग्रह गरिएको प्रमुख अधिकारी शाहिले बताए थिए ।रौतहटको १६ पालिकामा रहेको किसानहरुको धानबाली नष्ट भएपछि गृह मन्त्रालय अन्तर्गतको विपद व्यवस्थापन महाशाखाबाट आएको ७ करोड रकम वितरण गर्न बनाइएको मापदण्ड अनुसार वास्तविक किसानहरुको पहिचान, क्षति भएको जग्गाको हेक्टर, बैंक खाता सहितको विवरणहरुको आधारमा राहत रकम उपलब्ध गराउन पत्र प्राप्त भएका थिए ।रकम प्राप्त भएपछि स्थानिय तहका जनप्रतिनिधिहरुलाई बास्तबिक क्षति भएको किसानको क्षति बिबरण र बैँक खाता पेस गर्न अनुरोध समेत गरेका थिए ।राहतका लागि निवेदन दिनेले १० को टिकट टाँसेको निवेदनका साथै वडा कार्यालयको मुचुल्का र वडा सिफारिस राख्नुपर्नेछ । यस्तै प्रहरी मुचुल्का वा प्रहरी प्रतिवेदन, कृषि ज्ञानकेन्द्र रौतहटको सिफारिस, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, जग्गाधनी प्रमाणपूर्जाको प्रतिलिपि र बैंक खाता निवेदनसँगै राख्नुपर्ने बताइएको थियो ।सोहि अनुसार जिल्ला प्रशासन कार्यालयबाट गरिएको अनुरोधलाई मध्यनजर गर्दै माधवनारायण, कटहरिया नगरपालिका र यमुनामाई गाउँपालिकाले पिडित किसान, क्षतिग्रस्त भएको जग्गाको विवरण र तिनको बैंक खाता सहितको रेकर्ड पेस गरेको थियो तर गौर, गरुडा, वृन्दावन, गढीमाई, गुजरा, बौधीमाई, इशनाथ, राजपुर, राजदेवी, मौलापुर, परोहा, चन्द्रपुर नगरपालिका तथा दुर्गा भगवती गाउँपालिकाले हाल सम्म माग गरिए अनुसारको तथ्याँकहरु नपठाएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । गत कार्तिकमा भएको अबिरल बर्षाको कारण रौतहटका बिभिन्न पालिकाहरुमा रहेका किसानहरुको धानबालीमा क्षति पुगेको थियो ।स्थानिय तहले आफ्नो–आफ्नो ठाउँबाट पठाउने पर्ने क्षति बिवरण सहित किसानको बैँक खाता अहिले सम्म नपठाएको हुँदा किसानले पाउने पर्ने सात करोड फ्रिज हुने अवस्थामा पुगेकाले किसानहरुले चिन्ता गर्न थालेका छन ।यति भन्दा भन्दै पनि १६ ओटा पालिका मध्ये ३ ओटा बिवरण पेस गरेपनि १३ ओटाका स्थानिय तहले सोधपुछ पनि अहिलेँ सम्म गरेको छैन ।सो रकम सिधैँ किसानको बैँक खाता जादा किसानलाई फाईदा हुने भएकोले स्थानिय जनप्रतिनिधिले सो तर्र्फ कुनै चासो नलिएको देखिएको छ ।जनताहरु बुझन थालेका छन जनप्रतिनिधिहरुको बदनियतामाथि प्रश्न चिन्ह खडा हुन थालेका छन ।