राैशन चाैधरी ।
चैत्र १८ गते, रौतहट ।
जनता समाजवादी पार्टी नेपालका नेता एवं रौतहट गरुडा नगरपालिकाको मेयर पदका भावी उम्मेदवार अनिल यादवले एक मस्जिदलाई ठुलो संख्यामा पंखा सहयोग गरेका छन ।
जसपाका मधेश प्रदेश सदस्य समेत रहेका नेता यादवले रौतहटको गरुडा नगरपालिका ८ विर्ताटोल स्थित जामे मस्जिदलाई ३५ वटा शेसिंग फैन (पंखा) हस्तान्त्रण गरेका हुन ।
नेता अनिल यादवले आफना व्यक्तिगत लगानीबाट उक्त पंखा सहयोग गरेको बताएका छन ।
मस्जिदमा गर्मीको समयमा नमाज पढन आउनेहरुलाई पंखाको अभावमा गर्मी लाग्ने भएको देखेर गर्मीबाट जोगाउन आफु उक्त पंखा सहयोग गरेको नेता यादवले बताए ।
सो अवसरमा जसपाका मधेश प्रदेश सदस्य एवं मधेशका दलित विकास समितिका सदस्य राजकुमार दास, समाजवादी युवा संघका रौतहट अध्यक्ष कौशरखान मिथिला लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।