रौतहटमा लोसपाको ठुलो झटका , केन्द्रिय सदस्य जैसवाल एमालेमा प्रबेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र १८, शुक्रबार (३ साल अघि)
  • ७ पटक पढिएको
रौतहटमा लोसपाको ठुलो झटका , केन्द्रिय सदस्य जैसवाल एमालेमा प्रबेश


रमेश कुमार यादब
चैत १८ ,रौतहट
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय सदस्य कन्थमनी प्रसाद जैसवाल नेकपा एमालेमा प्रवेस गरेका छन् । जिल्लाको गरुडा निबासि तथा तथा उद्योग वाणिज्य संघ रौतहटका पुर्व अध्यक्ष समेत रहनु भएका जैसवाल शुक्रबार लोसपा परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छन । बालकोटमा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा लोसपा परित्याग गरी नेता जयसवालले एमालेमा प्रवेश गरेका हुन् ।
रौतहटको मध्यभागमा अवस्थित रहेको गरुडा निबासि तथा समाजसेवीको नामले प्रख्यात लोसपाका केन्द्रिय सदस्य समेत रहनु भएका जैसवाल लोसपा छोडेर एमालेमा प्रवेस गरेपछि लोसपालाई ठुलो धक्का लागेको छ ।
नेता जयसवाललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टीका शिर्षनेताहरुको सहभागितामा टिका, माला र खादा ओढाई पार्टीमा प्रबेश गराएका छन् ।लोसपामा धेरै दिन आफ्नो जिवन बिताउदा लोसपाले लिएको लक्ष्य पुरा गर्नमा असमर्थ हुँदा त्यो पाटी छोडेर एमालेमा प्रबेश गरेका बताए ।
लोसपाले देशको निकास दिन नसक्ने भएको र एमालेले मात्र देशलाई समृद्ध र विकसित बनाउन सक्ने भएकोले आफु एमालेमा लागेको उनले बताए ।
दुई पटक रौतहट उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित जयसवाल गत २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा रौतहट क्षेत्र नं ४ बाट सांसदमा लडेका थिए ।तर केहि मतले पराजित हुँदा पनि हरेस नखाएर जनताको सेवामा निरन्तर लागी रहेको बताए ।जैसवालले भने मेरो जिवन जनताको लागी नै रहेको हुँदा सधै्र भरि उनीहरुको सेवामा लागी आफु मर्न जादा पनि कुनै प्रवाह नरहेको बताए ।
गरिबको दुःख दर्द एक गरिबले नै बुझने हो् भनि गरिबलाई दुख हुँदा मलाई धेरै नै चित दुख्छ त्यस कारण म पनि दुःखबाट गुज्रेरका ब्यति हुँदा पिडा के हो दुख के हो भनि मलाई पनि अभास रहेको हुँदा कुनै पनि गरिबलाई भोकै बस्न नदिन चाही रहेको नेता जैसवालले बताए ।
देशको सहि दिशामा एमाले पार्टी मात्र रहेको हुँदा लोसपा परित्याग गरि एमालेमा प्रबेश गरेका बताए । आउदो २०७९ बैशाख ३० मा हुने आसन्न स्थानिय तहको चुनावमा गरुडा नगरपालिकाबाट मेयर पदको लागी लडने घोषण गरे जनता साथमा हुँदा यस पालि गरुडा नगरपालिकाबाट जितेर गरुडाको मुहार फेर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस