राैशन चाैधरी ।चैत १८ गते । रौतहट जिल्लाकाे नेपाल विधुत प्राधीकरण शाखा मौलापुर वितरण केन्द्र द्वारा चुहावट नियन्त्रण टोलिले शुक्रबार मिटर छ्ड्के तथा जाँचको क्रममा केहि व्यक्ति नियन्त्रणमा लिएको छ । फतुवा विजयपुर नगरपालिकाको विभिन्न स्थानहरुबाट विधुत चुहावट गरेको मोटर र कटर मसिन प्रयोग गरेको अवस्थामा फेला पारेको छ । मौलापुर वितरण केन्द्र रौतहटको चुहावट नियन्त्रण टोलि, मौलापुर प्रहरी र देबाही गोनाही शशस्त्र प्रहरीद्वारा मिटर छ्ड्के तथा जाँचको क्रममा डाइरेक्टर २६ थान मोटर र २ थान कटर मसिन खोली आवश्यक कारबाहीको लागि कर्यालयमा ल्याइएको मौलापुर वितरण केन्द्र कार्यालय प्रमुख संदिपकुमार दासले बताए । दास अनुसार पहिला भन्दा अहिले चुहावट नियन्त्रणमा कमि आएकाे छ । उनले विद्युत चुहावट गरेर मोटर प्रयोग नगर्न, लाईन काटने र चुहावट नियन्त्रण कार्य जारी रहेको सम्बन्धित सबैलाई सजग रहन, जरिवाना र लाईन काटेके झन्झटबाट मुक्त रहनका लागि विनम्र अनुरोध समेत गरेको छ । यस्तै विद्युत चुहावटको क्रममा फेला परेको मोटर र धनीलाई छिटै कर्वाहि दायरामा ल्याउने कार्यालय प्रमुख दासले बताए ।