रमेश कुमार यादब
चैत १९ ,रौतहट
रौतहटमा जनता समाजबादी पार्टी नेपालद्धारा आयोजित वडा स्तरीय संगठन तथा कार्यकर्ता भेला समारोह सम्पन भएको छ ।जिल्लाको बृन्दावन नगरपालिको वार्ड नं.६ हर्षाहा चौकमा बृन्दावन नगरपालिकाको मेयर पदको भावी उम्मेदवार मोहम्मद शेख हकिमको अध्यक्षतामा आयोजना गरिएको थियो ।जनता समाजबादी पार्टीद्धारा आयोजित वडा स्तरीय संगठन सृदृढिकरण तथा जनजागरण अभियान अभिमुखिकरण तथा कार्यकर्ता भेला समारोह कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश समितिको प्रदेश साँसद तथा बिकास समितिको सभापति अदुल अजाद कलाम उर्फ फुलबाबु रहनु भएको थियो भने कार्यक्रमको बिशिष्ट अतिथि केन्द्रिय संघिय परिषदको सदस्य जयनाथ यादब रहनु भएको थियो ।जसपा पार्टीद्धारा आयोजित वडा स्तरिय संगठन तथा कार्यकर्ता भेला समारोहको सम्बोधन गर्दै बिकास समितिका सभापति अबदुल अजाद कलाम उर्फ फुलबाबुले भने देशमा सबभन्दा बलियो पाटी जसपा नै रहेको बताए ।देशको बिकास गर्न एक मात्र पार्टी जनता समाजबादी पार्टी नै रहेको दावी गरेका छन । त्यसकारण आउदो बैशाख ३० गतेमा हुने आसन्न स्थानिय तहको चुनावमा पार्टीका सम्पुर्ण पार्टीका कार्यकर्ता तथा शिर्ष नेताहरुलाई आफ्नो –आफ्नो ठाउँबाट तनमन धनले लागेर रौतहटमा प्यानल सहित जितेर देखाउन आग्रह गरेका थिए ।उहाँले यो पनि थपे कि म २०४६ साल देखि काग्रेस पाटीमा लागेको थियो तर त्यो पाटीले अपहेलना बाहेक अरु केहि दिएन त्यसकारण म नेपाली काग्रेस परित्याग गरि फोरममा लागेका थिए ।आज दलित ,मुस्लिम ,जनजाति ,अपाङ्ग ब्यतिmहरुको कोटा छुटिएको हो त्यो सबै जसपा पार्टीको नै ठुलो महत्व योगदान रहेको दावी गरेका थिए ।नेपाली काग्रैस एउटा यस्तो पाटी हो जुन कृपाबाद ,नाताबाद ,आफ्नतबाद र स्वार्थबाद रहेको आरोप लगाएका थिए ।
त्यसतै सोहि कार्यक्रमको बिशिष्ट अतिथिको रुपमा रहनु भएको जयनाथ यादबले बृन्दावन नगरपालिकाको जनता समाजबादी पार्टी तर्फबाट मेयर पदको भावी उम्मेदवार मोहम्मद शेख हकिम नया जोस जागर लिएर आउदा निकै नै खुसिको कुरो हो भनि बताए ।यस बृन्दावनमा नेपाली काग्रेसको मेयर हुँदा हुँदै पनि अर्को मेयर किन आउनु पर्यो प्रश्न पनि गरेका थिए ।किन आउनु पर्यो भने यो बृन्दावन नगरपालिकाको मेयर भ्रष्ट ,अत्याचार ,ल्ुटतन्त्रमा लिन रहेको हुँदा नया चेहरा आउनु पर्यो जसले रौतहटको बृन्दावनको बिकास समृृद्ध उन्नती ल्याउनको लागी जनताको सेवामा हरदम उपस्थिीत रही सुखदुखमा साथ दिन आजको आवश्यक रहेकोले जसपा पार्टीले नै यसो गर्न सक्छ भने दावी समेत गरेका थिए ।
त्यसतै कार्यक्रमको अध्यक्षता गरि रहनु भएको मेयर बृन्दावन नगरपालिकाको भावी उम्मेदवार मोहम्मद शेख हकिमले यो बृन्दावन नगरपालिकाको मेयर रामस्नेही राय यादबको ईकित गर्दै लुटतन्त्र ,भ्रष्टाचार हैकमबाद रहेको आरोप समेत लगाएका थिए ।बृन्दावनमा कोरोना कालमा आएका राहतमा अनियमितता गरेको बताए ।कोरोना कालमा दिन दुखि गरिब असाहायहरुलाई दिन आएको चामल ,दाल ,चिनी ,खाने तेल ,स्वायबिन ,साबुन दिन आएको थियो ।त्यस मध्ये वाडका जनप्रतिनिधिहरु आफ्नो आसेपासेहरुलाई दिई बाँकी रहेको खाध्यन समाग्री गोदाम नै सडाएको आरोप लगाए ।बृन्दावनमा आजसम्म कुनै पनि ठोस बिकास नभएको दावी पनि गरेका थिए ।यदि कुनै ठाउँमा काम भएको छ भने त्यो पनि अधुरो भएको दावी गरेका थिए ।बिभिन्न बहानमा कर लिदा यो नगरपालिको मेयर ,हाकिमले जनतालाई मात्र दुख दिने बाहेकको कुनै पनि काम नगरेको बताए ।नगरपालिका जनतालाई कुनै काम पर्दा कहिले हाकिम छैन त कहिलै कुनै फाँटको कर्मचारी नै रहेको छैन दावी समेत गरेका थियो ।बृन्दावनमा शिक्षा , स्वास्थ्य ,सडक उन्नतीको काममा पनि करोडौँ लगानी गर्दा पनि बालुवामा पानी खन्याए जस्तै भएको देखिएको आरोप समेत लगाए ।बृन्दावनको मठदेखि हर्षाहासम्म भएको कालेपत्रे सडक बनाएको १ बर्ष बित्न नसक्दा कालेपत्रे फुटन लागेका छन ।
त्यसतै सोहि कार्यक्रम अन्तर्गत जसपाबाट वडाअध्यक्षको पदमा लडने भावी वडाअध्यक्षहरुको नाम सार्वजनिक गरेका थिए । बृन्दावन नगरपालिकाको वार्ड नं.१ बाट जसपा पार्टीको तर्फबाट वडाअध्यक्षमा रामबहादुर पटेल लडने भएको छ भने २ नं.बाट संजय साह ,३ नं.बाट जसपाका युवा नेता बिबेक पटेल ,४ नं.बाट चन्देश्वर यादब ,५ नं.बाट राम नरायण बैठा र ७ नम्बर वार्डको भावी वडाअध्यक्षहरुको उम्मेदवार ललन पालको नाम घोषण गरेका छन भने ३ ओटा ६,८,९ मा केहि बिवाद रहेको कारण यसमा घोषण गर्न पाटीका शिर्ष नेताहरु बसि छलफल गरेर सार्वजनिक गर्ने मेयर पदका भावी उम्मेदवार मोहम्मद शेख हकिम बताउनु भयो ।