रमेश कुमार यादब
चैत १९ ,रौतहट
रौतहटमा पेट्रोलियम पदार्थमा ब्यावसायिकहरुले मनलाग्दी गरेका छन । भारिति आयल नियमले गत बिहिबार पेट्रोलियम पदार्थमा मुल्य घटाएर पठाउदा पनि पेट्रोलिय पदार्थको मुल्य आकाशिएको देखिएको छ ।लोड अनलोडको कारणले व्यवसायीहरुले पम्प बन्द गरेपछि किराना दुकानहरुमा बोतलको पेट्रोलको मुल्य आफ्नो मनपर्दी तरिकाले बढाएर उपभोक्ताहरुलाई दुःख दिईरहेकाे पाईएको छ ।पम्पमा पाउनु पर्ने पेट्रोलको मुल्य भन्दा पसलमा पाउने बोतलको पेट्रोलको मुल्य तेब्बरले बढाएको छ ।रौतहटको गरुडा ,बिर्ता ,चपुर ,गौर लगायत भित्री भागमा समनपुर ,कटहरिया ,बृन्दावन जस्ता अन्य ठाउँमा एक बोतल पेट्रोलको मुल्य व्यवसायीले दुई सय पचास देखि तिन सय सम्म मनपर्दी लिईरहेको उपभोक्ताहरुले गुनासो गरेका छन ।दुई सय ,तिन सयमा लिदा पनि त्यसमा पनि ८०० ग्राम मात्र पेट्रोल रहेको उपभोक्ताहरुले मधेश जन अवाज एफएममा दुखेसो पोखेका छन । रौतहटका पेट्रोल पम्पमाहरुमा इन्धन अभाव हुने चिन्ताले सवारीको लामो लाईन लागेको देखिएको छ ।त्यस तर्फ सम्बन्धी निकायको ध्यान पुगोस र यस्तो कालोबाजारी गर्ने व्यवसायीहरु माथि कडा भन्दा कडा कार्यबाही गर्न माग पनि गरेका छन । इन्धनको अभाव हुने चिन्ताले रौतहट लगाएत नेपालका विभिन्न जिल्लाको पेट्रोल पम्पहरुमा लामो लाईन लागेको देखिएको छ । ढुवानी व्यवसायीले आफ्ना माग पूरा नगरेको भन्दै पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेपछि अभाव हुने चिन्ताले पेट्रोल पम्पहरुमा लामो लाईन लागेको हो ।नेपाल आयल निगमसँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले देशभर शनिबार देखि पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेका छन् । यससँगै बजारमा पेट्रोल, डिजेल, मट्टीतेल र ग्याँसको अभाव हुन सक्ने देखिएको हो ।आयल निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित निगमको डिपोबाट डिलरले खरिद गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका महासचिव विश्व अर्यालले बताउनुभयो । निगमको डिपो र डिपोबाट बिक्रेताको लागि हुने लोड र अनलोड रोकेका अर्यालले बताउनुभयो ।पेट्रोलको ढुवानी ठप्प हुँदा वाग्मती, गण्डकी र मधेस प्रदेशका उपभोक्ता प्रभावित बनेका छन् ।