रमेश कुमार यादब ।
चैत २० ,रौतहट
माण्डवी संस्थाद्धारा आयोजना गरिएको प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम सम्पन भएको छ ।रौतहट जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने बौधिमाई नगरपालिकाको वडा नम्बर ७ बंकुल स्थित रहेको वार्ड कार्यलयको सभा हलमा सुरु गरेको थियो ।माण्डवी संस्थाले आयोजना गरेको ४ दिने प्रशिक्षण कार्यक्रम गत बिहिबार देखि सुरु भई आईतबार सम्पन भएको छ । स्थानीय चुनावको लक्षित गर्दै प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम ४ दिन सम्म चलेको आयोजकले जनाएको छ । सोहि सभा हलमा आयोजान गरिएको कार्यक्रममा सोहि ठाउँका बिभिन्न वार्डका महिला वडा सदस्यहरुको सहभागिता रहेको थियो । प्रारम्भिक तथा स्थानिय तहको निर्वाचन लक्षित कार्यक्रमको आयोजना माण्डबी संस्थाले गरेको थियो । माण्डबी संस्थाले आयोजना गरेको कार्यक्रमको आर्थिक सहयोग स्वीस सरकार बिकास सहयोग एसडीसिले गरेको थियो भने ईन्टरनेशनल फाउन्डेसन फोर ईलेक्ट्रोलर सिस्टमको प्राबिधिक सहयोग रहेको थियो ।स्थानिय तहमा महिला उपमेयरहरुलाई बिभिन्न किसिमबाट स्थानिय तहमा मेयरहरुले असहयोग गर्दै आईरहेको छ । सोहि अपहेलान तथा महिलाहरुलाई हुने अधिकारहरुबाट पनि बन्चित गराउदैँ आईरहेको देखिएको छ । महिलाहरुलाई ३३ प्रतिशत अधिकार हुृँदा हुँदै पनि महिलाहरुलाई बिभिन्न बहाना बाजि गरेर दबाई रहेको हुँदा महिला जनप्रतिनिधिहरुलाई लडनको लागी यो प्रशिक्षणको आयोजना गरिएको थियो । माण्डबी संस्थाले ल्याएको कार्यक्रमले महिलाहरुमा उत्साह जोस जागर र आउदो बैशाख ३० गते हुने स्थानिय चुनावको उम्मेदवारमा महिला पनि वाडाअध्यक्ष ,मेयर जस्तो पदमा लडने सक्षम हुने कार्यक्रमबाट प्रशिक्षण दिने कार्यक्रमको प्रशिक्षण पुनम ठाकुरले जानकारी दिनु भयो ।४ दिन सम्म लिएको प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमबाट महिला वार्ड सदस्यहरु निकै नै हर्षित देखिएका थिए ।सोहि वार्डका महिला वाड सदस्यहरु अव हामी मयेर ,उपमेयर र वडाअध्यक्षमा लडने योग्य भएको र लडेर नै छाडने महिलाहरु बताएका थिए ।पहिला पहिला हामीहरुलाई केहि जानकारी नहुँदा मेयर तथा वडाअध्यक्षहरुले हामीलाई हाम्रो हक अधिकारबाट बन्चित गराएका थिए ।तर अब हामी महिला अब पहिले जस्तो छैन हामी आफ्नो अधिकार अब मागेर होईन छिनेर लिनु पर्छ दावी समेत गरेका थिए ।कहाँबाट बजेट ल्याउने कुन ब्यतिबाट कसरी कुरा गर्दा हामीतिर आकर्षिक हुन्छ भनि हामी बुझिसकेका छौ ।त्यस कारण हामी चुनाव कुनै हालतमा लडेर नै छाडने आट लिएको बताए । बिभिन्न नारा सहित बौधीमाई नगरपालिकाका महिला वडा सदस्यहरु एक स्वरमा आउदो चुनावमा सम्पुर्ण महिला एक हौउ मेयर सिटको दाबेदार बनौँ भनी नारा लगाएका थिए ।आईतबार कार्यक्रमका चौथौ दिन कार्यक्रमका प्रशिक्षण पुनम ठाकुर तथा कार्यक्रमका अनुगमन र मुल्याङ्गकन अधिकृत रिँकु चौधरीले प्रमाण पत्र समेत सहभागी महिलाहरुलाई बितरण गर्दै आउदो चुनावमा बिजेता हुनको लागी शुभकमना समेत दिएका थिए ।माण्डबी संस्थाले आयोजना गरिएको प्रारम्भिक तथा स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम अहिलेसम्म पाँच ओटा नगरपालिकामा चलाईसकेको कार्यक्रमका अनुगमन र मुल्याङ्गकन अधिकृत रिँकु चौधरीले बताईन ।चौधरीको अनुसार चन्द्रपुर नगरपालिका ,बृन्दावन नगरपालिका ,गढीमाई नगरपालिका ,गरुडा नगरपालिका र बौधीमाई नगरपालिकामा सम्पन भईसकेको र भोली गौर नगरपालिकामा हुने अनुगमन र मुल्याङ्गकन अधिकृत चौधरीले बताए ।पाँच ओटा नगरपालिकामा करिब ८५ जना महिला वार्ड सदस्यहरुलाई प्रशिक्षण दिईसके बताए ।