राैशन चाैधरी ।
चैत २० ,रौतहट
रौतहटका एक परिवारलाई बिचल्ली बनाएको छ । जिल्लाको साबिक गा.बि.स गरुडा–२ हाल गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडा बस्ने राजनरायण साहको श्रीमति मुनि देवीलाई नघर नघाट भए झै बनाएको छ । रौतहट जिल्लाको माधव नरायण नगरपालिका वडानं ६ माधोपुर निवासि हाल सर्लाहि हरिवनमा बस्दै आएको तेजनरायण साहले ५ लाख रुपैँया मिटर ब्याजमा दिएर एक गरिव परिवारको उठिबास लगाएका हुन् । २०७५ सालमा तेजनरायण साह महाजनले गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडाका स्थानीय बासिन्दा राज नरायण साहले उनकी श्रीमती उपचार गराउनका लागि ५ लाख नगद मिटर ब्याजमा दिएका थिए ।उनले पैसा दिने बेलामा साहको नाममा रहेको गरुडा नगरपालिका वडा नं ४ मा रहेको दश धुर घडेरी जमिन पास गरेर लिएका थिए । साथै ९ लाखको र एउटा ७ लाखको दुई ओटा कपाली तमसुक पनि बनाईदिएका थिए । ऋणी जयनरायणका श्रीमति मुनि देवीले मलाई तिन महिनाको समय दिनु भने म आफ्नो जमिन बैँकमा राखेर तपाई पैँसा तिर्ने बताए । तर साहु तेजनरायण साह मिटर ब्याजी बैँकमा त्यस बेला राख्न नदिई केहि दिन पछि साहले जमिनलाई रोका गराईदिए ।त्यस पछि केहि दिनमा म बैँकमा सोहि जग्गा बैँकमा राख्न जाँदा त्यो जमिन रोक्का रहेको थाहा पाईए
।बैँकमा जग्गा रोक्का गरेपछि म गरिबले कहाँबाट पैसा दिने उहाँले भने त्यस पछि केहि नै दिनमा मिटर ब्याजी साह म बिरुद्ध मुदा दिए ।मद्धा लडदा लडदैँ करिब तिन चार बर्ष लगाईदिए ।मिटर ब्याजी साहले त्यसमा पनि सधै दिन प्रति दिन पैँसा माग्न घरमा आएर गाली बेईजती गर्ने अभद्र ब्यबहार गर्ने जस्ता कृयाकलाप गर्न थाले ।मिटर ब्याजी साहका आमा सुनैना देवी समेतले घरमा आई गाली गर्ने मार्ने धम्की समेत दिने गर्न थाले । पछी उनीहरुको मारपिट ,गाली गलौज ,ज्यानमार्ने धम्कीको डरले अरु साहुसंग ऋण लिएर उसलाई दिन गए र मेरो हरहिसाब गरदिनु भने । त्यस पछि उसको एक जना आफन्त नातामा पर्ने ठुलीआमाले मलाई सर्लाहिको धनकौलमा पैसा लिएर आउ यहि सबै हरहिसाब भईहाल्छ भने ।तर मैले चेकबाट पैसा अदालतमा दिन्छु तिमिहरु आफ्नो पैसा लिने मेरो जग्गा फिर्ता गर्ने भनेपछि उनीहरु मानेन उनीहरुले भने मेरो पैँसा घरमा दिएपछि मात्र म तिम्रो जग्गा फिर्ता गर्छु नत्र गर्देन भने ।
पिडीतले भने म सोझो मान्छे पैँसा दिएपछि गरी दिन्छ कि भने पैसा मैले सर्लाहिको धनकौलमा पाँच जनाको रोहबरमा १६ लाख रुपैँया दिए ।त्यस पछि उनीहरु भाेलि जग्गा गरदिन्छु भन्दा भन्दै तिन चार महिना लगाई दिए तर पनि गरेन पछि दुई ओटा नेपाली कपाली तमसुक गरेको थिए । त्यस मध्ये एउटा नौ लाख रुपैयाको कागज गरेकोकागजबाट मुदा चल्दै थियो सबै पैसा दिएपछि फेरी अर्को सात लाखको कपाली कागजबाट मुदा गरेर मेरो सम्पुर्ण जग्गाको निलामी गरिदिए । ४ बर्ष पहिला दिएको पाच लाखको तेजनरायण साहलाई १६ लाख लिएको र जग्गा फिर्ता नगरेको र निलामी गरि आफ्नो नाममा गरेको पिडित साहले वर्तमानकाल दैनिकलाई बताए ।
आफुले जग्गा पास गरेर ब्याजमा लिएको ५ लाख पैसाको १६ लाख दिएकाे त्यसकाे भिडियाे तथा फाेटाे समेत रहेकाे ईलाका प्रहरी कार्यालयमा दिएकाे अधारमा प्रहरिले तेजनारायणलाई हिरासतमा राखि रूपैया लिएकाे तमसुक मन्जुरनामा गरे ता पनि पटक पटक समय दिएकाे जग्गा फिर्ता गरिदिन्छु भन्दा भन्दै नगरेकाे र अदालतमा घर खालिकाे निवेदन सुनैना देविले दिएकाे छ । प्रहरि र पिडकलाई तेह्राे राेल खेलि रहेकाेमा ईलाका प्रहरिका प्रहरी नायब उपरीक्षक श्री राम भण्डारी काे निर्देनमा ब्रहमनारायण साहलाई समाति अभद्र व्यवहा तथा ठगिकाे मुदा म्याद थमाएर अनुसन्धान गरिरहेकाे डिएसपी भण्डारी ले बताए ।
सो बिषयमा सुनैनाको छोरा हाल जंगलसहिया निबासि ब्रहमदेव भनिने नितेश साह बनिया र मिटर ब्याजीको ज्वाई राजकिशोर साह भन्ने मोहन साहको मिलोमतोमा यसो गरेको पिडित मुनि देवीको आरोप रहेको छ । यस्ता मिटर ब्याजीहरुलाई कानुन बमोजिम कारवाही गर्न पिडितको माग रहेको छ । पिडितको नाम बस्ने बाहेक केहि पनि नरहेको देखिएको छ । पिडितको घरमा तिन ओटा छोरी र दुई ओटा छोरा रहेको छ ।