आरएन पटेल । चैत २० गते ।
रौतहटको बौधिमाई नपा – २ इनर्वामा सामाजिक सुरक्षाभत्ता सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाको वडा नं. २ इनर्वा स्थित वडा कार्यालयको प्राणगनमा बिहीबार एक कार्यक्रम आयोजन गरी सामाजिक सुरक्षा भत्ताको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
बौधिमाई नगरपालिका वडा नं. २ इनर्वा वाड कार्यालयको आयोजना तथा यूनिसेफ / सेभ द चिल्ड्रेनको आर्थिक सहयोग, राष्ट्रीय परिचय पत्र तथा पञ्जिकरण विभागको समन्वय एवं समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका ( सिविस ) नेपालले संयुक्त रुपमा सामाजिक सुरक्षा भत्ता सम्बन्धी कार्यक्रम कार्यान्वयन प्रणाली सवलीकरण परियोजनाको सहजिकरणमा आयोजना गरिएको वडा कार्यालयले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको प्रभावकारीता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडा नं. २ इनर्वाका वडा सचिव, वडा अध्यक्ष, नगरपालिकाको पञ्जिकरण शाखाका प्रतिनिधि, सम्बंधित एन. आई. सी. एसिया बैंक बंकुलका प्रतिनिधिहरुले पालै पालो सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने समग्र वडा बासिले सामाजिक सुरक्षा भत्ता पाउने क्रममा भोगदै आएका बिभिन्न समस्याहरुको जवाफ लगायत समाधानका उपायहरू सम्बंधित सरोकारवालाहरुले चित्त बुझाएका थिए । यस्ता विभिन्न समस्याहरु आउने समयमा समाधान हुने तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण वडाबासीहरुले सक्दो सहुलियत पाउने सम्बंधित सरोकारवालाहरुले प्रतिबद्धता गरेका छन ।
कार्यक्रममा बौधिमाई नपा -२ इनर्वाका वडा अध्यक्ष रामबाबू प्रसाद कुशवाहा, वडा सचिव हरिशंकर राउत, नपाका पञ्जिकरण शाखाका प्रतिनिधि प्रमेश ज्यू, वडा सदस्य रामाशंकर प्रसाद गुप्ता, सहजिकरण गर्ने संस्था सिविस नेपालका प्रतिनिधि विवेक कुमार शर्मा लगायत वडाका सम्पूर्ण सर्वसाधारण सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।