रौशन कुमार चौधरी ।
चैत २१ गते।
रौतहटको मध्य भागमा अवस्थित मालपोत कार्यालय गरुडामा प्रमुखको रुपमा माेहन पाठकलाई स्वागत गरिएको छ। मालपोत कार्यालय गरुडामा कार्यालय प्रमुखको जिम्मेवारी पाएका पाठकलाई कार्यालय प्रमुख कक्षमा नि.प्रमुख रविन्द्र कापरले वाहा लाई स्वागत गरी कार्यालय प्रमुखको जिम्मेवारी दिएकाे छ ।
यस अघि पाठक जिल्ला हुलाक कार्यालय सर्लाहिमा सुब्बा स्तरमा काम गर्दैआएकाे र शाखा अधिकृतमा नाम निकाले पछि वाहाकाे पद स्थापन मालपोत कार्यालय गरूडाकाे प्रमुख बनेर जिम्मेवारी पाएकाे छ ।
कार्यालय प्रमुख पाठकलाई स्वागत मालपोत कार्यालय गरुडाको लेखापाल सराेज कुमार दास, सुब्बा अरूण साह , रामबाबु साह लगायतका कर्मचारीहरूले एक कार्यक्रम आयोजन गरि भव्य रुपमा स्वागत गरेका छन ।