अमरेस कुमार पाण्डेय
कलैया , २१ चैत्र
सिम्रौनगढ नगरपालिकाको लेखापाल सर्वेन्द्र चौधरी कार्यलय समयमा नगरपालिकामा अनुउपस्थित भैइ मोबाइल स्विच अफ गरि मनोमानी गर्दै आएको छ । बिगत एक महिना देखि लेखापाल चौधरिको मोबाइल न स्विच अफ रहेकोले कार्यलयमा आउने सेवाग्राही खाली हात घर जाने भएका छन । कार्यलय समय बिहान १० बजे देखि ५ बजे सम्म बस्ने कानुनी ब्यवस्था रहेको भएपनी उनी बिहान सात बजे कार्यलय पुगि आवश्यक फाईल मात्र हेर्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन । सिम्रौनगढ नगरपालिकाको प्रशासन तर्फ सातौ तहको कर्मचारी रहेको लेखापाल चौधरी र निमित्त प्रमुख प्रशसाकिय अधिकृत हरिओम जैसवाल बिच आपसी समन्वय नराम्रो भएको कारण उनी कार्यलय समयमा आफ्नो कोठामा नभेटने गरिएको सेवाग्राहीको गुनासो रहेका छन । सिम्रौनगढ नगरपालिकाको आवश्यक कामको सम्बन्धमा कोष तथा लेखा नियन्त्रक कार्यलय कलैया ,महालेखा परिक्षकको फोन समेत आएको खण्डमा उनी सम्पर्क बाहिर रहने भएपछि कार्यलय प्रमुखलाई फोन आउने गरेको निमित्त प्रमुख प्रशासकिय अधिकृत हरिओम साहले बताएका छन् । सिम्रौनगढ नगरपालिकाको आ ब ०७८/०७९ को आर्थिक बर्ष सकिन झण्डै तीन महिना मात्र बांकी रहेको भएपनि लेखापाल कार्यलय समयमा नभेटेपछि सेवग्राही लगायत बिकास निर्माणका उपभोक्तहरु समयमा भुक्तानी लिन सकेका छैन ।