राैशन चाैधरी । चैत २७ ,रौतहट
रौतहटमा प्रहरी जवानहरुको पद उन्नती हुँदा दर्जयानी चिन्ह प्रदान गरिउको छ ।प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौको विभिन्न मितिको पत्रादेश अनुसार पद उन्नती भएको प्रहरीहरुलाई एक कार्यक्रम बिच दर्जयानी चिन्ह तथा शुभकमना दिनु भएको छ । प्रधान कार्यालय नक्साल काठमाण्डौबाट आएको पत्र अनुसार प्रहरी हवल्दार पदबाट प्रहरी बरिष्ठ हवल्दार तथा प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा पदोन्नति हुनु भएका प्रहरी कर्मचारीहरुलाई आज आईतबार ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका कार्यालयले एक कार्यक्रमको आयोजना गरि शुभकमना दिनु भएको छ । ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरको प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक सन्तुलाल प्रसाद जैसवार रप्लेरहरी निरिक्षक अरविन्द साहले दर्ज्यानि चिन्हद्वारा सुशोभन गर्नु भई पदोन्नती हुनु भएका सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।