बृन्दावनमा जसपालाई ठुलो धक्का , मेयर पदका उम्मेदवार शेख हकिम एमालेमा प्रबेश

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ चैत्र २८, सोमबार (३ साल अघि)
  • ५ पटक पढिएको
बृन्दावनमा जसपालाई ठुलो धक्का , मेयर पदका उम्मेदवार शेख हकिम एमालेमा प्रबेश


रमेश कुमार यादब
चैत २८ ,रौतहट
रौतहट जसपाका मेयर पदका भावी उम्मेदवार नेकपा एमालेमा प्रबेश गरेका छन । जिल्लाको गरुडा नगरपालिकाको वार्ड नंं.९ बिर्ता गम्हरिया बजारमा एक कार्यक्रम बीच विभिन्न पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पाटी एमालेमा प्रवेश गरेका छन ।
सोमबार गरुडा नगरपालिकाको बिर्ता गम्हरिया बजारमा नेकपा एमाले गरुडा नगर कमिटिद्धारा आयोजना गरिएको बृहत पाटी प्रबेश कार्यक्रममा बृन्दावन नगरपालिकाको जनता समाजबादी पाटी (जसपा)पार्टीको मेयर पदको भावी उम्मेदवार मोहम्मद शेख हकिम जसपा परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छन ।
बृन्दावन नगरपालिकामा जसपा पार्टीको ठुलो खम्बाको रुपमा रहेको शेख हकिम नेकपा एमालेमा प्रबेश गरेपछि जसपालाई ठुलो धक्का लागेको देखिएको छ ।उहाँले भने म जसपामा आउन भन्दा अगाडी नेपाली काग्रेस पाटीमा रहेका थिए ।तर त्यो पाटी आफन्तबाद ,नाताबाद ,कृपाबाद रहेको हुँदा त्यो पार्टीको कुनै सिद्धान्त राम्रो नलागेपछि त्यो पाटी त्यागे बताए ।त्यस पछि चार पाँच बर्ष जनता समाजबादी पार्टीका लागी काम गरे ।जसपाका शिर्षनेता , नेतागणहरुले जसपाबाट मेयर पदको टिकट तपाईलाई नै दिने भनि आश्वासन दिएको थियो ।तर अहिले चुनावको मुखमा आएर तपाई टिकट नदिने भने त्यस कारण मैले यो पाटी परित्याग गरि नेकपा एमालेमा लागेको बताए ।यो देशलाई अगाडी बढाउन सक्छ भने एक मात्र पाटी एमाले नै रहेको बताए ।यस पाटीको सिद्धान्त र काम कर्तब्य राम्रो रहेको हुँदा म यो पाटी रोजेको बृन्दावन नगरपालिकाका मेयर पदका भावी उम्मेदवार हकिमले बताए ।उहाँले यो थपेकि जति पाटी एक भएर जादा एमालेलाई केहि फरक न पर्ने बताए ।सबै पाटी मिली सय किलो बन्छ भने नेकपा एमाले अध्यक्ष केपि ओली एक्लै नै सय किलो रहेको खुलेर प्रशंशा गरेका थिए ।
सोहि पाटी प्रबेश कार्यक्रममा बृन्दावन नगरपालिकाको मेयर पदका भावी उम्मेदवारले आफ्नो सयकडौँ समर्थक सहित नेकपा एमालेमा प्रबेश गरेका छन ।जसपा परित्याग गरि बृन्दावन नगरपालिकाबाट सयकडौँ संख्यामा प्रबेश गरेका नव प्रबेशीहरुलाई नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा पुर्व मन्त्री प्रभु साह तथा नेकपा एमालेको तर्फबाट गरुडा नगरपालिकाको मेयर पदको प्रत्याशी कन्थमनी प्रसाद जैसवालले माला , टिका र दोसाला ओढाई स्वागत ,बधाई तथा सफल राजनितिक भबिष्यको भब्य शुभकमना दिएका थिए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला ईन्चार्ज उपेन्द्र साह ,उद्धव रेग्मी ,कुन्दन कुश्वाहा ,नेकपा एमालेका शिर्ष नेता जनप्रतिनिधिहरु र स्थानीय बासिन्दा लगायत सुरक्षाकर्मिहरुको उपस्थिति रहेको थियो ।मेयर पदका भावी उम्मेदवार नेकपा एमालेमा प्रबेश गरेपछि बृन्दावन नगरपालिकामा नेकपा एमाले पार्टी झन बलियो हुन भएको कार्यक्रमको प्रमुख अतिथि तथा पुर्व मन्त्री प्रभु साह आफ्नो प्रतिक्रिया दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस