रमेश कुमार यादब
चैत २८ ,रौतहट
आउदो चुनावमा बेहरुपिया नेताहरुसंग सावधान रहन आग्रह गरेका छन । गरुडा नगरपालिकाले लुटतन्त्रमा लिन रहेको दावी गरेका थिए ।पाँच सालमा गरुडा नगरपालिका आजसम्म स्वास्थ्य ,शिक्षा ,सडक स्तर उन्नती जस्ता कुनै ठोस काम नगरेको दावी समेत गरेका थिए ।रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.९ बिर्ता गम्हरियामा नेकपा एमाले गरुडा नगर कमिटिले आयोजना गरिएको बृहत पाटी प्रबेश कार्यक्रमको सम्बोधन गर्दै नेकपा एमाले पार्टीको तर्फबाट गरुडा नगरपालिकाको नगर प्रमुखको प्रत्याशि उम्मेदवार कन्थमनि प्रसाद जैसवालले भने यो देशलाई अगाडी बढाउन र देशको रक्षा एक मात्र पार्टीले गर्न सक्छ जुन एमाले पार्टी रहेको ठोकुवा गरेका थिए । आउदौ बैशाख ३० गते हुने आसन्न स्थानिय तहको चुनावमा , हुने चुनाव कुनै उम्मेदवारको नभई यो देशलाई बचाउने ,देशको समृद्धि बढाउने ,किसिमको चुनाव रहेको बताए । रौतहटबाट २१ दलको दर्ता रहेको बताए । आउदो चुनावमा उम्मेदवारहरुको लडाई नभई देशको जनताको भाग्य भबिष्य लडिरहेको बताए । जुन चुनावमा तपाई बहुमुल्य मतले तपाईको अगामीको दिन तपाईको लागी टोल छिमेकको लागि राम्रो हुन्छ भनि सोची सम्झी मत दिन आग्रह समेत गरेका थिए ।
हाम्रो होईन राम्रो छान्नुस र अहिले भोगेको कुरा अगामी आउदो दिनमा पनि भोग्न नपरोस भनि आफ्नो बहुमुल्य मत दिन आग्रह गरे ।आज भोली चुनावको मुखमा धेरै पार्टीका बेहुरुपिया नेताहरु तपाईको माझमा आउछ र बिभिन्न प्रलोभन दिन्छ त्यसको पछि नलाग्न भनेका थिए ।तपाईको बिचमा जुन बेला परेको आपतबिपतमा साथ दिने को हो ,सधैँ तपाईको बिचमा सुखदुखमा साथ कसले दिईरहेको छ भनि त्यसता मानिसलाई चुन्नुस कि जितेपछि पनि तपाईको सुखदुखमा साथ दिने गर्छ ।सोहि प्रशंङ्गमा अगामी दिनमा दिएको मतले जितेका जनप्रतिनिधि र मेयरले के गरेको छ भनि याद दिलाएका थिए ।पाँच बर्षमा गरुडा नगरपालिकाले लुटतन्त्र बाहेक केहि गरेको छैन दावी समेत गरेका थिए ।गरुडा नगरपालिकाको मेयरले आज सम्म आफ्नो आसेपासेहरुको पोस्ने बाहेक केहि काम गरेको छैन ।गरुडा नगरपालिकाले सरकारबाट आएको बृद्धभता देखि बालपोसन भता अहिलेसम्म नदिएको बताए ।कोरोना कालमा सरकारले पठाएको र खरिद गरि राखेको खाद्दयान समाग्री कुहाएर झाझ खोलामा फालेको प्रति दुःख ब्यत गरेका थिए ।
कोरोना महामारी जस्तो समयमा नगरका अति बिपन गरिब जनता खान्न नपाउँदा कयौँ दिन भोकै बस्न बाँध्य भएका थिए ।त्यसतो समयमा नगरपालिकाले नगरका गरिब ,असहाय ,निमुखाहरुलाई बितरण नगरि नदिमा कुहाएर फालेपछि त्यो भन्दा अरु ठुलो दुखको कुरा के हुन सक्छ भनि बताए । त्यसता जनप्रतिनिधिलाई जिताउदा यस्तै अवस्था आउँछ त्यस कारण आउदो बैशाख ३० गते हुने स्थानिय आसन्न चुनावमा हाम्रो नभई राम्रोलाई चुनी जिताउन नेता जैसवालले आग्रह गरे ।कोरोना कालमा जितेका जनप्रतिनिधिले कोरोनाको डरले आफ्नो घरबाट महिनौ महिनौ दिनसम्म जनताको अवस्था बुझन ननिस्केको थियो ।तर त्यस्तो भयावह अवस्थामा म आफ्नो ज्यानको परवाह नगरि तपाईहरुको घरदैलो आँगनमा पुगी चुल्हो बन्द भएको परिवारहरुमा राहत स्वरुप बिभिन्न खाध्यान पुगाएको स्मरण गराएका थिए ।त्यति मात्र नभई बाढपिडित र आपतबिपतमा परेका दिन दुखिलाई सधै सहयोग गदैँ आईरहेको बताए ।मेरो जिवन जनताको सुख दुखमा नै बिताउनको लागी रहेको बताए ।
आयोजना गरिएको पार्टी प्रबेश कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरि हजारौँ संख्यामा एमालेमा प्रबेश गरेका थिए । नेपाली काग्रेस ,लोकतान्त्रिक समाजबादी पार्टी (लोसपा),जनता समाजबादी पार्टी (जसपा) पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका थिए । जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.९ बिर्ता गम्हरिया बजारमा नेकपा एमाले गरुडा नगर कमिटीद्धारा आयोजना गरिएको बृहत पार्टी प्रबेश कार्यक्रमको प्रमुख अतिथि पुर्व मन्त्री प्रभु साह रहनु भएको थियो न भने बिशिष्ठ अतिथि नेकपा एमालेका जिल्ला ईन्चार्ज उपेन्द्र साह रहनु भएको थियो । गम्हरिया बिर्ता ,श्रीपुर ,सिसवा ,नरकटिया र बृन्दावन नगरपालिका आएका बिभिन्न पार्टी परित्याग गरी करिब १००० भन्दा बढी जना एमालेमा प्रबेश गरेका छन ।नव प्रबेशीहरुलाई पुर्व मन्त्री प्रभु साह र एमाले तर्फबाट गरुडा नगरपालिकाको मेयर पदको प्रत्याशी उम्मेदवार कन्थमनी प्रसाद जैसवालद्धारा फुलमाला टिका र दोसाला ओढाई स्वागत गरेका थिए ।