रमेश कुमार यादब
चैत २९ ,रौतहट
रौतहटमा आगलगी हुँदा लाखौको क्षति भएको छ ।रौतहट जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने गरुडा नगरपालिकाको वार्ड नं.७ पिपरिया दोस्तीमा अचानक आगलगी हुँदा लाखौको क्षति भएको छ ।पिपरिया निबासि राम प्रबेश राय यादबको गोठमा मंगलबारका दिन करिब १ बजे अचानक आगलगी भएको छ । टालीले छाएको घरमा आगलगी हुँदा सोहि गोठमा राखेको एक थान बैलगाडा(टायर) ,खेतमा पानी पटाउनको लागी भर्खरै किनेको एक सेट दमकल ,गाई बस्तुलाई खुवाउनको लागी राखिएको सालभरिको भुस ,लताकपडा ,पानी पटाउनको लागी राखेको फिता लगायत करिब ३ लाख बराबरको क्षति भएको आगलगी पिडित राम प्रबेश राय यादब जानकारी दिएका छन । आगलगी हुँदा कुनै प्रकारको पशुचौपाया लगायत मानविय क्षति नभएको यादबले बताए ।आगलगी हुँदा यादब परिवार बिच्चलीमा परेको हुँदा नगरपालिकाबाट सहयोग गरदिन हार्दिक अनुरोध गरेका छन ।यसै गरि सोहि ठाउँ बस्ने शम्भु राय यादब,प्रभु राय यादब र गर्भु राय यादब तिनै जना दाजुभाई रहेका छन ।अचानक शम्भु राय यादबको घरमा एक्काशि लागेको आगोको लक्रोले नजिकै रहेको भाई प्रभु र गर्भु राय यादबको घरमा लागेको आगोले तिनै जनाको घर पुर्णरुपले जलेर नष्ट भएको थियो । हिन्दु धर्मालम्बीहरु महान पर्व होली पर्व तिन नबित्दै गत चैत ७ गते अचानक शम्भु यादबको घरबाट सल्केको आगोले तिनै जनाको खरले छाएको घरमा आगलगी हुँदा करिब आठ लाख बराबरको क्षति भएको पिडित परिवारले बताए । आज आगलगी भएको करिब २२ हुँदा पनि गरुडा नगरपालिका मेयरले २ बाेरा चावलकाे अलाबा केही सहयाेग नगरेकाे तथा वाडका जनप्रतिनिधिहरु केहि राहत सहयोग त टाढाको कुरो हो हेर्न मात्र आएको र सहयाे नगरेकाे पिडितले दुखेसे पोखेका थिए । घरमा रहेका खाध्यान चामल दाल ,गेहुँ लगायत लगाउने लाताकपडा जलेर पुर्णरुपमा नष्ट भएको बताए ।त्यहि घरमा सुत्ने खाट र खाना बनाउने भाडाकुडाँहरु पनि त्यहि आगोमा परि जलेको बताए ।पिडित यादबले जेनतेन गरि आफ्नो परिवारको जिबिकोपार्जन गरि आईरहेको बताए ।गाउँसमाजबाट केहि सहयोगको कारणले अहिले जिवन चलाईरहेको सुनाए ।यादब अहिले सुत्नको लागी बाँसको सहारा लिएर सुतिरहेका छन अहिले राम्रो हुँदा यो बाँसको छहारीमा सुतिरहेका छौ तर बर्षा हुँदा घर परिवार कहाँ बस्ने भनि चिन्ता रहेको भन्दा भन्दै भकानिएका थिए ।कुनै प्रकारको सहयोग नहुँदा यादब परिवार बिच्चली भएको छ ।यादबको परिवारमा करिब २० जनाको ठुलो परिवार सँख्या रहेको छ ।यादबले भकानिदैँ भने हाम्रो बहुमुल्य मत लिएर जितेर गएको मेयर ईन्नु राय यादब यस्तो अवस्थामा नआउदा मन छियाछिया भएको बताए । नगरपालिकाले आर्थिक सहयाे अहिलेसम्म नदिएको बताए चुनावको समयमा आएर ठुलो–ठुलो भासन गर्ने कि तिम्रोसाथ सधै रहने दुःख सुखमा साथ दिने र खुटामा ढोगने नेता मेयर लगायतका कुनै जनप्रतिनिधिले हामिहरुको अवस्था बुझन नआएको बताए । साथै यो बिपतको खडीमा कुनै पदमा नरहेका मेयरका उम्मेदवार दिपक राय यादबले जति भए पनि सहयोग गरेकोमा धन्याबाद दिए । मेयरका भावी उम्मेदवार यादबले अगामी पाँच दिनमा आगलगी पिडित परिवारको समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । यदि नगरपालिकाले आगलगी पिडितहरुको समस्यामा कुनै प्रकारको चासो नलिदा नगरपालिकाको धर्ना दिने चेतावनी समेत दिए ।