राैशन चाैधरी
चैत ३० ,रौातहट
रौतहट लगायत देशभरीको भुमिसुधार तथा मालपोत कार्यालयहरु सरसफाई गरिएको छ ।रौतहट जिल्ला कार्यक्रम कार्यान्वयन समितिद्धारा आयोजना गरिएको लिखत पारितको शतबार्षिकीको अवसरमा आयोजित कार्यक्रमलाई बुधबारका दिन देखि यो कार्यक्रमलाई समुद्धघाटन गरिएको छ ।लिखत पारितको शतबार्षिकीको अवसरमा आयोजित कार्यक्रमलाई बुधबारका दिन देखि सुरु भई आउदो २०७९ बैशाख २ गते सम्म चल्ने कार्यक्रमको आयोजकले बताएका छन ।रौतहट जिल्लाको मध्यभागमा अवस्थित रहेको गरुडा नगरपालिकाको मातहातमा रहेको भुमि सुधार तथा मालपोत कार्यलयहरुलाई सरसफाई गरिएको छ । कार्यक्रम अनुसार ३ दिनसम्म चल्ने कार्यक्रमका पहिला दिन भुमि सुधार तथा मालपोतका कार्यलयका प्रमुख लगायत कार्यालयका कर्मचारीहरु मिली सरसफाई गरेका छन ।सरसफाई कार्यक्रममा रौतहटका मालपोत कार्यलयका प्रमुख लगायत कार्यालयका करिब ३० जना कर्मचारीहरुको सहभागीतामा बुधबारदेखि सुरु गरेको छ । ४ दिनसम्म चल्ने कार्यक्रम अन्तर्गत यस क्षेत्र भित्र रहेका सम्पुर्ण कुनाकप्चा सरसफाई गर्ने कार्यलय प्रमुख बर्तमानकाल दैनिक पत्रिकालाई बताए ।
त्यसतै बारा जिल्लाको कलैया उपमाहानगरपालिका अन्तर्गत रहेको भुमि सुधार तथा मालपोत कार्यलय सरसफाई गरिएका छन ।देशभरका मालपोतहरुमा एकैसाथ लिखत पारितको शतबार्षिकीको अवसरमा पारेर सरसफाईमा जुटेका छन ।जिल्लामा रहेका मालपोतका कर्मचारी तथा कार्यालय प्रमुखले आफै कुचो लिई कार्यलयका कर्मचारीहरुद्धारा सरसफाई गरेका थिए ।कार्यालयका प्रमुख गोपाल प्रसाद बरालको संयोजकत्वमा मालपोत कार्यालयको वरिपरि सरसफाई गरि सुन्दर नगर स्वथ्य नगरको पहिचान दिएका थिए ।कार्यलयका प्रमुखले यो कार्यक्रमलाई तिन दिनसम्म निरन्तरता दिने बताए ।सरसफाई गर्दा बिभिन्न प्रकारका रोगहरु नाश हुने तथा नगर सफा सुन्दर र राम्रो लाग्ने बताए ।तिन दिनसम्म चल्ने सरसफाई अभियान अन्तर्गत यस क्षेत्र भित्र पर्ने सम्पुर्ण कुना कप्चा सफ गर्ने योजना बनाएको छ । देशभरी सन्चालन भएको लिखत पारितको शतबार्षिकीको अवसरमा समिर कुमार साह ,लेखा प्रमुख छोटेबाबु यादब ,लेखापढी बृज किशोर यादब लगायत मालपोत कार्यालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।