२९ दिनबाकी हुँदा रौतहटमा चुनावको चहलपहल ,नेताहरु भेटघाटलाई दिए निरन्तरता

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७९ बैशाख १, बिहिबार (३ साल अघि)
  • ५ पटक पढिएको
२९ दिनबाकी हुँदा रौतहटमा चुनावको चहलपहल ,नेताहरु भेटघाटलाई दिए निरन्तरता

राैशन चाैधरी
बैशाख ०१ ,रौतहट

रौतहटमा चुनावी सरगर्मी बढेको पाईएको छ ।रौतहटमा बिभिन्न पार्टीका नेताहरु आफ्नो तिर मत ल्याउन जनतासंग भेटघाटलाई निरन्तरता दिएको छ ।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको चहलपहल रौतहटमा बढेको छ।निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरुले चुनावी प्रचारप्रसार तीव्र बनाएका छन्।उम्मेदवारको टुंगो नलगाएका भएपनि राजनीतिक दलहरुले आफ्नो पक्षमा मत तान्न गाउँ गाउँ पुगीरहेका छन्।मतदाता रिझाउनका लागि दलका नेताहरु गाउँ गाउँ पुग्ने होडबाजी चलेको छ।मुख्य प्रतिस्पर्धीको रुपमा रहेका कांग्रेस र एमालेले चुनावी अभियानलाई तीव्रता दिएका छन् । यसका साथै नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी,जनता समाजबादी पार्टी पनि स्थानीय तहहरुमा चुनावी अभियान शुरु गरेका छन्।केन्द्र र प्रदेश सरकारमा गठबन्धनमा रहेका दलहरु पनि जिल्लामा भने एक्ला एक्लै चुनावी प्रचारप्रसार गरिरहेका छन्।ती दलहरु तालमेल गर्ने विषयमा टुंगो नलाग्दा एक्ला एक्लै प्रचारमा जुटेका हुन्। नेपाली कांग्रेसले केन्द्रीय कार्यक्रम अनुसार ‘घरघर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने अभियान सञ्चालन गरिरहेको छ। पालिका स्तरको अभियान सकेर अहिले वडा तहमा अभियान सञ्चालन गरिरहेको छ।कांग्रेसले निर्वाचन केन्द्रित भएर गाउँगाउँमा चुनावी अभियान सञ्चालन गरिरहेको छ । स्थानीय निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने अभियान सञ्चालन गरिएको छ। देशका ठूला परिवर्तन नेपाली कांग्रेसको नेतृत्वमा भएको र अब विकासको श्रृखंला पनि नेपाली कांग्रेसकै नेतृत्वमा जोड्नुपर्ने भएकाले अभियान सञ्चालन गरिएको हो।’नेकपा एमालेले पनि निर्वाचन केन्द्रित भएर प्रचार प्रसारमा जुटिसकेको जनाएको छ। गाउँ गाउँमा संगठन विस्तार गर्नुका साथै चुनावी अभियानलाई तीव्रता दिएको छ ।एमाले स्थानीय तहको निर्वाचनमा सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ अघि बढेको छ, जनमत हाम्रो पक्षमा नै आउँछ।’यस्तै माओवादी केन्द्रले पनि चुनावी अभियानलाई तीव्रता दिएको छ। माओवादी पाटी पनि कम कहाँ छ र माओबादीको एजेण्डामा चलिरहेको बताउँदै नेतृत्वको भूमिकामा पनि माओवादीलाई ल्याउनुपर्ने बताईरहेका छन ।माओबादीले बोकेको एजेण्डामा देश चलिरहेको छ तर हाम्रो नेतृत्व नहुँदा परिवर्तन संस्थागत हुन सकेको छैन्।

ताजा अपडेट

खोजी गर्नुहोस