रमेश कुमार यादब
वैशाख १ गते ,रौतहट
रौतहट जिल्लाको बृन्दावनमा बिधार्थीहरुको जिवनसंग खेलवाड गरिएको छ । जिल्लाको पुर्वीभेगमा पर्ने बृन्दावन नगरपालिकामा शिक्षामा चरम लापारवाही गरिएको पाईएको छ । बृन्दावन नगरपालिकाको बिधालयहरुको हालबेहाल रहेको भए पनि शिक्षाको नाममा बिभिन्न राजनितिकदलका जनप्रतिनिधि लगायत बिधालयका प्राधानाध्यापकहरु लुटतन्त्रमा चुर्लुम डुबेको देखिएको छ । शिक्षाको अवस्था जस्तो भए पनि जनप्रतिनिधि लगायत बिधालय ब्यबस्थापन पक्ष बेखबर रहेको छ । बृन्दावन नगरपालिकामा गत चैत २८ गते सोमबारका दिन देखि सुरु भएको परिक्षामा लापारवाहि देखिएको छ । बृन्दावन नगर स्तरीय बार्षिक अधारभुत कक्षा–८को पहिलो दिनको अनिवार्य अग्रेजी बिषयमा लापारवाहि गरि प्रमाण फेला परेको छ । नगर स्तरीय बार्षिक आधारभुत कक्षा–८ परिक्षाको पहिलो दिनको अनिवार्य अंग्रेजी बिषयको ७५ अंकको प्रश्नपत्रको परिक्षामा ४० पुर्णाङ्ग परिक्षा लिदा बिधार्थीको जिवनसंग खेलवाड गरिएको प्रस्ट देखिएको छ ।पोहोर सालमा पनि २०७७ मा भएको बार्षिक परिक्षाको पुरानै प्रश्नपत्र २०७६ को बर्ष बदलेर हुबहु प्रश्नपत्र रहेको नै थियो ।यस बिषयमा स्रोत ब्यतिmसंग रामजि यादबसंग सोध्न खोज्दा फोन उठन सकेन । शिक्षा शाखाको शिक्षा संयोजक राम कृपाल राय यादबसंग यस बिषयमा सोध्दा उहाँले मलाई केहि थाह छैन भिन पन्छिन खोजेको छ । शिक्षा शाखाको प्राबिधिक सहायक संजय गुप्तासंग सोध्दा यस सम्बन्धमा मलाई केहि थाहा नरहेको र एक महिनादेखि बाहिर गएको थियो ।प्राबिधिक सहायक गुप्ता शिक्षा शाखाको कर्मचारी हुदा हुदै पनि त्यस किसिमको हकअधिकार नरहेको गुनासो समेत गरेका छन ।कुनै पनि काम गर्दा हामिसंग सुझाव सल्लाह पनि नलिई आफैँ ईच्छाले गर्ने गरेको बताए । शिक्षा एउटा यस्तो बहुमुल्य गहना रहेको छ जसले मानिसलाई अंध्यारोबाट उज्यालोमा लैजान्छ भन्ने गरिन्छ । तर यो भनाई ,भनाईमा मात्र सिमित देखिएको छ ।बिधार्थी एउटा कोरा कागज रहेको छ यसलाई राम्रो शिक्षा नपाउदा भोलीको समयमा जिवन नै अंध्कारमा जाने देखिएको छ । नगरपालिकाका प्रमुखले शिक्षा क्षेत्रमा उल्लेखनिय काम भएको दावी गरे पनि उहाँको दावीमाथि प्रश्न चिन्ह उठन थालेको छ ।