वैशाख ११ गते राैतहट । मधेश प्रदेशकी प्रदेश सभा सांसद तथा पूर्व भौतिक पुर्वाधार विकास राज्यमन्त्री डिम्पल झाको आईतबार विहानै अकाल मृत्यू भएको छ । क्यान्सरबाट पीडित पूर्वराज्यमन्त्री झाको आज विहान करिब ५ः३० बजेको समयमा मृत्यू भएको उनका स्वकीय सचिव सुजया झाले जानकारी दिए । विगत लामो समयदेखि क्यान्सरसँग जुध्दै आएकी मधेश प्रदेशकी साँसद झाको काठमान्डौँस्थित उनको आफ्नै नीजि निवासमा विहान मृत्यू भएको पुष्टि उनका स्वकीय सचिव झाले गरेका छन् । क्यान्सरबाट पीडित रहेकी साँसद झाले निरन्तर अस्पताल र चिकित्सकको सम्पर्कमा रही उपचार गराउँदै आएकी थिइन् । आज विहान ५ः३० बजे उनको मृत्यू भएको हो । पूर्व राजपा एवम् वर्तमानमा उनी लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध रहँदै आएकी थिइन् । उनी पूर्व राजपा एवम् वर्तमानमा लोकतान्त्रिक समाजवादी पार्टीमा आवद्ध रहँदै आएकी थिइन् ।