वैशाख ११ गते । राैतहट
राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाकाे फत्तेपुरमा रामाशंकर यादवले एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । आईतबार विभिन्न पार्टी परित्याग गरि नेकपा एकीकृत समाजवादि पार्टीमा सयौं मानिसहरू प्रवेश गरेका छन् । वडा नम्बर ६ गाउ कमिटीले पार्टी प्रवेश कार्यक्रमकाे आयाेजन गरिएको थियाे ।
फत्तेपुरका नेपाली कांग्रेस पार्टीलाई ठुल्लाे झटका लागेकाे छ । एकिकृत समाजवादी पार्टी प्रवेश गर्नेमा रामाशंकर राय यादव,चनरजाेत महताे विगा ठाकु ,जगदेव राउत संजय यादव,रूपेश जयसवाल,नरेन्द्र यादव,डा०धिरेन्द्र यादव, नेकपा माओवादि वाट शम्भु दास ,सति दास,रघु ठाकुर, लगायत सयाैका संख्यामा विभिन्न पार्टी प्रत्याग गरि नेकपा एकिकृत समाजवादिमा प्रवेश गरेका हुन् । नव प्रवेशिकाहरुलाई पार्टीका स्थायी कमिटी सदस्य तथा पुर्व राज्य मन्त्री डा.बंशिधर मिश्राले नव प्रवेशि यादवलाई कटहरिया नगरपालिकाे वडा नं ६ वाट एकीकृत समाजवादि पार्टीले वडाअध्यक्षमा उमेदवार भएकाे घाेषणा गरेकाे साथै जितकाे शुभकामना दिनुभएकाे थियाे । पोलिटब्युरो सदस्य राेजुदिन आलमले फुलमाला अविर लगाई पार्टीमा प्रवेश गराउनु भएको हाे ।
साे अवसरमा प्रदेश कमिटि सदस्य राधामोहन यादव,कटहरिया नगरपालिकाे नेकपा एसकाे नगर अध्यक्ष राजदेव सहनि,गाउ कमिटी अध्यक्ष देवेन्द्र सहनि,गंगाराम यादव,पलट चाैधरी लगायतकाे सैकडाै जनाकाे उपस्थिति रहेकाे थियाे ।