रमेश कुमार यादब
बैशाख ११ ,रौतहट
रौतहटमा नेकपा एमालेमा प्रबेश गर्नेको लहर नै चलेको छ ।नेकपा एमाले पार्टीको निति नियम सिद्धान्त राम्रो भएको कारणले अन्य पार्टी परित्याग गरी एमालेमा प्रबेश गर्नेको हुल नै बढेको छ ।रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं।७ पिपरियाबाट सयौँ संख्यामा नेकपा एमालेमा प्रबेश गरेका छन । नेकपा माओबादी पार्टीको तर्फबाट गरुडा नगरपालिकाको वडा अध्यक्षको प्रत्याशि दिनेश यादबले माओबादी पार्टी परित्याग गरि आफ्नो सयकडौँ कार्यकर्ता तथा समर्थकहरुलाई लिएर नेकपा एमालेमा प्रबेश गरेका छन ।आईतबार नेकपा एमाले पार्टीको तर्फबाट गरुडा नगरपालिकाको मेयर पदको उम्मेदवार कन्थमनि प्रसाद जैसवालको निजि निवासमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई प्रबेश गराएका थिए । नव प्रबेशीहरुलाई गरुडा नगरपालिकाको मेयर पदको उम्मेदवार तथा लोकप्रिय नेता कन्थमनि प्रसाद जैसवालले खादा ,माला र टिकालगाई प्रबेश तथा स्वागत गरेका थिए ।गरुडा नगरपालिकाका मेयर प्रत्याशी जैसवालले नव प्रबेशीहरुलाई अग्रिम बधाई दिदैँ तनमन धनले लागेर अगाडी बढन आग्रह समेत गरेका थिए ।माओबादी पार्टीका वडाअध्यक्षका प्रत्याशी २०७४ सालमा चुनाव लडेका थिए तर केहि मतले पराजित भएका थिए ।
पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै माओबादीका वडाअध्यक्षका प्रत्याशी यादबले मेयर पदका उम्मेदवार कन्थमनि प्रसाद जैसवाललाई सबभन्दा अगाडी बधाई दिएका थिए । किनभने उहाँको अर्थक प्रयासको कारणले आज हामी माओबादी पार्टी परित्याग गरि नेकपा एमालेमा आएका छौ भने ,साथै वडाअध्यक्ष प्रत्याशी यादबले भने माओबादी पार्टीको सिद्धान्त बिचार पहिलो ठिक थियो तर यता आएर आफन्तबाद ,नाताबाद ,कृपाबाद र सिद्धान्त बिस्रिदै जादा मैले त्यो पार्टी परित्याग गर्नु पर्यो बताए ।देशको बिकास उन्नती प्रगती गर्न सक्छ भने त्यो एक मात्र पार्टी नेकपा एमाले नै गरेको छ । नेकपा एमाले पार्टीको सिद्धान्त बिचार र सहयोगी भवना भएको हुँदा म र मेरो सयौँ समर्थहरु यस पार्टीमा आएको बताए । माओबादी पार्टीलाई करिब दशकौ देखि तनमन धनले लागेर सहयोग गर्दै आईरहेको थिए तर आज यसको परिणाम पार्टीले के दियो शुन्य बताए ।पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले पार्टीको शिर्ष नेता तथा सयकडौँ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो