रमेश कुमार यादब
बैशाख १२ ,रौतहट
नेपाली काङ्ग्रेसलाई गरुडामा ठूलो झट्का लागेको छ ।गरुडा नगरपालिकाको वार्ड न ४ गरुडाबाट दर्जनौं संख्यामा राम बाबू साहले आफ्नो दलबल सहित नेकपा एमालेमा प्रबेश गरेका छन ।रौतहटमा नेकपा एमालेमा प्रबेश गर्नेको लहर नै चलेको छ ।नेकपा एमाले पार्टीको निति नियम सिद्धान्त राम्रो भएको कारणले अन्य पार्टी परित्याग गरी एमालेमा प्रबेश गर्नेको हुल नै बढेको छ ।रौतहट जिल्लाको गरुडा नगरपालिकाको वार्ड नं.४ गरुडाबाट दर्जनौं संख्यामा नेकपा एमालेमा प्रबेश गरेका छन । नेपाली काङ्ग्रेस पार्टी प्रत्याग गरि गरुडा नगरपालिकाको वडा न ४ को वडाअध्यक्षको एमाले पार्टीबाट उम्मेद्बारी पनि दिने रामबाबु साहले घोषण समेत गरेका छन । रामबाबु साहले नेपाली काङ्ग्रेस पार्टी परित्याग गरि आफ्नो दर्जनौं कार्यकर्ता तथा समर्थकहरुलाई लिएर नेकपा एमालेमा प्रबेश गरेका छन ।सोमबार नेकपा एमाले पार्टीको तर्फबाट गरुडा नगरपालिकाको मेयर पदको उम्मेदवार कन्थमनि प्रसाद जैसवालको निजि निवासमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई प्रबेश गराएका छन । नव प्रबेशीहरुलाई गरुडा नगरपालिकाको मेयर पदको उम्मेदवार तथा लोकप्रिय नेता कन्थमनि प्रसाद जैसवालले खादा ,माला र टिकालगाई प्रबेश तथा स्वागत गरेका थिए ।गरुडा नगरपालिकाका मेयर प्रत्याशी जैसवालले नव प्रबेशीहरुलाई अग्रिम बधाई दिदैँ तनमन धनले लागेर अगाडी बढन आग्रह समेत गरेका थिए ।
पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका शिर्ष नेता साहले मेयर पदका उम्मेदवार कन्थमनि प्रसाद जैसवाललाई सबभन्दा अगाडी बधाई दिएका थिए किनभने उहाँको अर्थक प्रयासको कारणले आज हामी नेपालि पार्टी परित्याग गरि नेकपा एमालेमा आएका छौ भने ।साथै एमालेका भाबि वडाअध्यक्षका उम्मेदवार साहले भने नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त बिचार पहिलो ठिक थियो तर यता आएर आफन्तबाद ,नाताबाद ,कृपाबाद र सिद्धान्त बिस्रिदै जादा मैले त्यो पार्टी परित्याग गर्नु पर्यो बताए ।देशको बिकास उन्नती प्रगती गर्न सक्छ भने त्यो एक मात्र पार्टी नेकपा एमाले नै रहेको छ ।नेकपा एमाले पार्टीको सिद्धान्त बिचार र सहयोगी भवना भएको हुँदा म र मेरो सयौँ समर्थहरु यस पार्टीमा आएको बताए ।नेपाली काङ्ग्रेस पार्टीलाई करिब दशकौ देखि तनमन धनले लागेर सहयोग गर्दै आईरहेको थिए तर आज यसको परिणाम पार्टीले के दियो शुन्य बताए ।पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले पार्टीको शिर्ष नेता तथा सयकडौँ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो
गरुडा मा नेपाली कांग्रेसकाे ठूलो झट्का , रामबाबु साह सहित दर्जनौं संख्यामा नेकपा एमालेमा प्रबेश


