राैशन चाैधरी ।
बैशाख १२ ,रौतहट
रौतहटमा हुने आसन्न स्थानिय तहको चुनावको लागी बिभिन्न दलका नेताहरुले आफ्नो –आफ्नो मनोनयन दर्ता धमाधम गराएका छन ।आउदो ३० गते शुक्रबार हुने आसन्न स्थानिय तहको चुनावमा भाग लिनका लागी बिभिन्न नेताहरुले आफ्नो कार्यकाल सिधियाएर दोस्रो कार्यकालको लागी र कुनै पालिकाहरुबाट नयाँ मुहारका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।रौतहटको जिल्लाको कटहरिया नगरपालिकामा सोमबार सबै पार्टीहरुले आ आफ्नो उम्मेद्धारी दर्ता गराएका छन् ।निर्वाचन आयोगले जारी गरेको तालिका अनुसार सबै राजनीतिक दलहरुले शान्तिपूर्ण तरिकाले रौतहटको कटहरिया नगरपालिकामा आ आफ्नो उम्मेद्धारी दिएका छन् । कटहरिया नगरपालिकामा नेकपा माओबादी पार्टीको तर्फबाट नयाँ अनुहार मेयर पदको उम्मेदवार नसरुदिन अंसारी र माओबादी तथा जसपामा संगठन हुँदा उपमेयरमा जितेन्द्र यादबले उम्मेद्धारी दर्ता गराएका हुन् । माओबादी पार्टीको तर्फबाट बिभिन्न वाडका उम्मेदवारहरुले पनि आफ्नो उम्मेदवारी दिएका छन ।माओबादी पार्टीको तर्फबाट वडा नम्बर १ मा विजयकुमार यादव, वडा नम्बर २ मा रामाकान्त चौरसिया, वडा नम्बर ३ मा दुर्गा साह बनियाँ, वडा नम्बर ४ मा प्रभु साह, वडा नम्बर ५ मा शंकर साह सोनार, वडा नम्बर ६ मा उमेश सहनी, वडा नम्बर ७ मा प्रहलाद साह, वडा नम्बर ८ मा सुखल प्रसाद यादव र वडा नम्बर ९ मा गजेन्द्र प्रसाद यादवले आफ्नो उम्मेद्धारी दर्ता गराएका हुन् । माओबादी पार्टीका मेयर पदको उम्मेदवार अंसारीले यस पालि कटहरियामा माओबादी पार्टीको झण्डा नै फहराउने बताएका छन ।कटहरियामा भएका बिभिन्न कामहरुमा भएका घोटालाको पर्दाफास गर्ने प्रतिबद्धता जनाएका छन ।
त्यस्तै नेपाली कांग्रेस पार्टीबाट मेयर पदका लागि अजय प्रकाश साह तथा उपमेयरमा सोमबार रिता देवी यादवले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काग्रेस पार्टीको तर्फबाट वडाअध्यक्ष र सदस्य सहित आफ्नो उम्मेदवारी दिएका छन । नेपाली काग्रेस पार्टीको तर्फबाट वडा नं १ मा दिपलाल प्रसाद यादव ,वडा नं २ मा रंजित साह ,वडा नं ३ मा उमेश यादव ,वडा नं ४ मा हरेन्द्र राय यादव, वडा नं ५ मा सर्फलाल गुप्ता ,वडा नं ६ मा शम्भु कान्त यादव , वडा नं ७ मा शेख सहिद ,वडा नं ८ मा शमिस विक्रम साह , वडा नं ९ मा रामप्रमोद यादवले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।उम्मेदवारी दिएको क्रममा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै यस पाली नेपाली काग्रेसको बिजय भएपछि घर घर पिछे एक रोजगारी दिने साथै युवाहरुको लागी खेलकुद सहित सन्चार लगायत उनीहरुको लागी चौतर्फी ध्यान राखी बिकास गर्ने मेयर उम्मेदवार अजय प्रकास साह प्रतिबद्धता जनाए ।
त्यसतै नेकपा एकिकृत समाजवादि पार्टीबाट रौतहटको कटहरिया नपाको मेयर पदमा राधेमोहन यादव र कलावति जयसवालले उप मेयरमा तथा वडाअध्यक्ष वडा नं १ मा भुपेन्द्र महतो कोईरी , वडा नं २ मा विनोद कर्ण , वडा नं ३ जवाहर मिया ,वडा नं ४ गणेश साह ,वडा नं ५ अनिल अर्याल ,वडा नं ६ रामाशंकर राय यादव , वडा नं ७ समसुदिन आलम ,वडा नं ८ रामशेवक यादव ,वडा नं ९ मनोज साहले वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन ।
त्यसतै ५ वर्षको कार्यकाल पुरा गरि दोस्रो कायकालका लागि नेकपा एमालेबाट सियाराम कुशवाहाले मेयर पदका लागि उम्मेद्धारी दिएका छन् भने उप मेयरमा कुन्ति देवी साह तेलीले र वडा नं १ वाट राज कुमार साह वडा नं २ हरेन्द्र साह वडा नं ४ चंदन कुशवाहा वडा नं ५ राजनारायण साह वडा नं ६ जयराम चाैधरी वडा नं ७ हरिभजन साह वडा नं ८ हेम प्रसाद साह वडा नं ९ रामअज्ञा यादवले वडा अध्यक्षमा उम्मेद्धारी सहित आफ्नो प्यानल सहित उममेदवारी दर्ता हुन् । त्यस्तै वडा नं ६ वाट वडाअध्यक्षमा जसपा वाट सुरेश दास र स्वतन्त्र उमेदवार उमाकान्त सहनि र जनमत पार्टी वाट वडा नं ६ मा किशाेरी सहनि वडाअध्यक्षमा उमेदवरी दिएका छन् ।
कटहरिया नगरपालिकामा कुन पदमा कसले दिए उम्मेदवारी


