१३ वैशाख । स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।
निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार २७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाको उम्मेदवारी परेको छ ।
यस्तै अध्यक्ष पदमा ३ हजार २६४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यता, वडा अध्यक्ष पदमा मात्र ३२ हजार २१७ जनाको उम्मेदवारी परेको छ ।
महिला सदस्यमा २३ हजार ५२१, दलित सदस्यमा २१ हजार २२१ र सदस्य पदमा सर्वाधिक ४९ हजार २३९ जनाको उम्मेदवारी परेको छ ।
देशमा सबैभन्दा धेरै मधेश प्रदेशमा उम्मेदवारी परेको छ । मधेशमा रहेका १ सय ३६ स्थानीय तहमा विभिन्न पदका लागि २३ हजार १ सय ५ जनाले उम्मेदवारी दिएका छन् ।
प्रदेशमा स्थानीय तह प्रमुखमा १ हजार ७ सय १५ जनाको र उपप्रमुखमा ८ सय ५१ जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी वडा अध्यक्षमा ५ हजार ६ सय ८१ जना, सदस्यमा ७ हजार ५ सय ६४ जना, महिला सदस्यमा ३ हजार ७ सय ४३ जना र दलित महिला सदस्यमा ३ हजार ५ सय ५२ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।
मधेश प्रदेशको सर्लाही जिल्लामा सबैभन्दा धेरै ३ हजार ६ सय ३७ जनाको उम्मेदवारी परेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा भने देशभरका ७ सय ५३ पालिकामा गरि १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।