रमेश कुमार यादब
बैशाख १३ ,रौतहट
रौतहटमा हुने आसन्न स्थानिय तहको चुनावको लागी बिभिन्न दलका नेताहरुले आफ्नो –आफ्नो मनोनयन दर्ता धमाधम गराएका छन ।आउदो ३० गते शुक्रबार हुने आसन्न स्थानिय तहको चुनावमा भाग लिनका लागी बिभिन्न नेताहरुले आफ्नो कार्यकाल सिधियाएर दोस्रो कार्यकालको लागी र कुनै पालिकाहरुबाट नयाँ मुहारका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन ।रौतहटको जिल्लाको कटहरिया नगरपालिकाको वार्ड नं.७ बगहीबाट प्रहलाद साहले बडाअध्यक्ष पदको लागी आफ्ना उम्मेदवारी दर्ता गराएका छन । निर्वाचन आयोगले जारी गरेको तालिका अनुसार सबै राजनीतिक दलहरुले शान्तिपूर्ण तरिकाले रौतहटको कटहरिया नगरपालिकामा आ आफ्नो उम्मेद्धारी दिएका छन् । कटहरिया नगरपालिकामा नेकपा माओबादी पार्टीको तर्फबाट नयाँ अनुहार लिएर कटहरियाको प्रगती उन्नतीको लागी आफ्नो उम्मेदवारी दिएका साह बताए । माओबादी पार्टीका वडाअध्यक्ष पदको उम्मेदवार साहले यस पालि कटहरियामा माओबादी पार्टीको झण्डा नै लहराउने आटकसेका बताएका छन ।कटहरिया नगरपालिका देखि वाडका वडाअध्यक्षले बिभिन्न कामहरुमा गरेका घोटालाको पर्दाफास गर्ने प्रतिबद्धता जनाएका छन ।गत चुनावमा जनता आफ्नो हकहित राम्रो हुन्छ भनि मतदिएर जिताएका वडाअध्यक्ष देखि मेयरहरु अहिलेसम्म दुख दिने बाहेक अरुकेहि नदिएको बताए । जनतालाई दिने सुख सुबिधा जनतालाई नदिई वडाअध्यक्ष र मेयरले आफ्नो आसेपासे र नातागोताहरुलाई दिएका वडाअध्यक्षका उम्मेदवार साहले आरोप समेत लगाएका छन ।कटहरिया नगरपालिकाको वार्ड नं.७ बगहीमा सडक ,नाला ,शिक्षा लगायत बिषयहरुमा भ्रष्टाचार भएको वडाअध्यक्षका उम्मेदवार साहले दावी समेत गरेका छन ।यस्ता कुराहरुमा सुधार ल्याउन र कटहरिया नगरपालिको वार्ड नं.७ बगही मुहार नै फेर्न र यस्ता भ्रष्टाचार गरेका मानिसहरु तह लगाउनको लागी उम्मेदवारी दिएका बताए ।साथै आउदो ३० गते हुने आसन्न स्थानिय तहको चुनावमा आफुलाई आफ्नो बहुमुल्य मत दिएर बिजय हुनको लागी एक र्मौका दिन वडाअध्यक्ष प्रहलाद साहले जनसमुदायिमा हार्दिक अनुरोध समेत गरेका छन। माओबादी पार्टीको तर्फबाट कटहरिया नगरपालिकाको लागी मेयर पदको लागी नसरुदिन अंसारी र उपमेयरमा जितेन्द्र यादबले उम्मेदवारी दिए साथै बिभिन्न वाडका उम्मेदवारहरुले पनि आफ्नो उम्मेदवारी दिएका छन ।माओबादी पार्टीको तर्फबाट वडा नम्बर १ मा विजयकुमार यादव, वडा नम्बर २ मा रामाकान्त चौरसिया, वडा नम्बर ३ मा दुर्गा साह बनियाँ, वडा नम्बर ४ मा प्रभु साह, वडा नम्बर ५ मा शंकर साह सोनार, वडा नम्बर ६ मा उमेश सहनी, वडा नम्बर ८ मा सुखल प्रसाद यादव र वडा नम्बर ९ मा गजेन्द्र प्रसाद यादवले आफ्नो उम्मेद्धारी दर्ता गराएका हुन् ।