राैशन कुमार चाैधरी ।
राैतहट । बैशाख १५ गते ।
रौतहट– कटहरिया नगरपालिका नेपाली कांग्रेस पार्टी तर्फबाट मेयर पदको उमेदवार अजय प्रकाश शाह र उप मेयर पदको उमेदवार रिता देबि र नेपालि कांग्रेसकाे नेता जवाहरले सैयुक्त रूपमा घरदैलाे कार्यक्रम समप्न गरेकाे छ ।
चुनावी प्रचार प्रसारको क्रममा उनले कटहरिया नगरपालिका वडा नम्बर ९ डुमरियामा घरदैलो गरेका हुन ।
रौतहट कटहरिया नगरपालिकाको विकासका लागि नयाँ पूर्वाधारको निर्माण,र नमुना गाउँ बनाउने र जनतालाई दुःख,सुख मा साटासाट गर्ने,गरिब जनताको बिच मा सधै काधमा, काँध मिलाएर अगाडि बढने,र आफ्नो सोच,जिबन जनतामा समर्पित गर्ने प्रतिबध्दता समेत व्यक्त गरेको छ । साहले प्रतेक जन्ताकाे अनुसार काम गर्ने प्रतिबध्दता समेत गर्नु भयाे । बिहिवार देखी घर दैलो कार्यक्रम सुरु गरेका छन ।
बैशाख ३० गतेको निर्वाचनलाई आफ्नो पक्षमा पार्न साहले बिहान देखी बेलुकी सम्म मतदातालाई रिझाउन व्यस्त देखिएका छन ।
चुनाव लडनुको कारण बारे मतदातालाई स्पष्ट पार्दै उनले नगरको विकासमा कायापलट ल्याईदिने आश्वासन बाड्न थालेका छन ।
नेपालि कांग्रेसकाे उमेदवारहरूलाई सवै नगरवासि संग जिताउनकाे लागि हार्दिक अनुराेध गरेकाे छ । उम्मेदवार साहले मतदातालाई सम्झाई बुझाई गर्न थालेका छन ।
घरदैलो कार्यक्रममा वडाध्यक्षका उम्मेदवार रूपेश यादव,ओमप्रकाश साह लगायत सैयाै जना कार्यकार्ताकाे सहभागिता रहेकाे थियाे ।