राैशन चाैधरी
बैशाख १६ गते ,रौतहट
नेकपा एमालेलाई कटहरिया नगरपालिकामा ठूलो झट्का लागेको छ । तिन दिन भित्रमा नेकपा एमालेका दर्जनाै नेता नेपाली कांग्रेसमा प्रवेश गरेका छन ।
रौतहट जिल्ला कटहरिया नगरपालिका वडा न. ५ बलिरामपुरमा ने.क.पा एमालेको युवा नेता बैजु दास र त्यस्तै मंगलवारका दिन वडा नं ४ बलिरामपुर टोलका ने.क.पा एमाले पार्टीबाट चनरदेव दास र डुमरीया ९ टोलबाट कार्यपालिका सदस्य नन्दलाल हजरा नेकपा ऐमाले पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छन । जिल्ला सभापति एवंम् सविधानसभा सदस्य युवा नेता श्री सुनिल कुमार यादव (जितेन्द्र) द्वारा टिका माला लगाई नेपाली कांग्रेसमा प्रवेश गर्नु भएकाे छ । कार्यक्रमको आयोजना गरि उनीहरुलाई प्रबेश गराएका छन । नव प्रबेशीहरुलाई कटहरिया नगरपालिकाको मेयर पदको उम्मेदवार तथा लोकप्रिय नेता अजय प्रकाश जैसवालले खादा ,माला र टिकालगाई प्रबेश तथा स्वागत गरेका थिए । दर्जनौं संख्यामा रौतहटमा कांग्रेसमा प्रबेश गर्नेको लहर नै चलेको छ । कांग्रेस पार्टीको निति नियम सिद्धान्त राम्रो भएको कारणले अन्य पार्टी परित्याग गरी प्रबेश गर्नेको हुल नै बढेको छ । कटहरिया नगरपालिकाका मेयर प्रत्याशी जैसवालले नव प्रबेशीहरुलाई अग्रिम बधाई दिदैँ तनमन धनले लागेर अगाडी बढन आग्रह समेत गरेका थिए ।
पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका शिर्ष नेता तथा जिल्ला अध्यक्ष जितेन्द्र यादवले मेयर पदका उम्मेदवार अजय प्रकाश जैसवाललाई जितकाे सबभन्दा अगाडी बधाई दिएका थिए किनभने उहाँको अर्थक प्रयासको कारणले आज हामी नेकपा एमाले पार्टी परित्याग गरि नेपाली कांग्रेस पार्टीमा आएका छौ भने ।साथै एमालेका सदस्य पासवानले भने नेकपा एमाले पार्टीको सिद्धान्त बिचार पहिलो ठिक थियो तर यता आएर आफन्तबाद ,नाताबाद ,कृपाबाद र सिद्धान्त बिस्रिदै जादा मैले त्यो पार्टी परित्याग गर्नु पर्यो बताए । देशको बिकास उन्नती प्रगती गर्न सक्छ भने त्यो एक मात्र पार्टी नेपाली कांग्रेस नै रहेको छ ।पार्टीको सिद्धान्त बिचार र सहयोगी भवना भएको हुँदा म र मेरो सयौँ समर्थहरु यस पार्टीमा आएको बताए । नेकपा एमाले पार्टीलाई धेरै दिन देखि तनमन धनले लागेर सहयोग गर्दै आईरहेको थिए तर आज यसको परिणाम पार्टीले के दियो शुन्य बताए । पार्टी प्रबेश कार्यक्रममा नेपाली कांग्रेस पार्टीको शिर्ष नेता तथा वडा नं ५ अध्यक्षकाे उमेदवार शर्फलाल गुप्ता तथा युवा नेता राजाबाबु साह लगायत सयकडौँ कार्यकर्ताहरुको उपस्थिती रहेको थियो